“मङ्सिर चार”

कपन अनलाइन 

काठमाडौँ, कात्तिक ४/ अमर प्रकाश तिवारी   राष्ट्रको आमूल परिवर्तनकालागि गरिनुपर्ने राजनीति आज अधिकांश युवावर्गको वितृष्णाको केन्द्र बनेको छ । राजनीतिज्ञहरूको नाममा गाली गर्ने, सामाजिक सञ्जालमा होहल्ला गर्ने, राजनैतिक घटना क्रमहरूको अपव्याख्या गर्ने, युवा माझ नकारात्मक चिन्तनको विकाश गराउने र आफू राजनीतिमा स्थापित हुन खोज्ने जमातहरुको ठुलै बाहुल्यता छ ।

यहा यो विशिष्ट प्रकारको राजनीति हो भन्ने कुरा आजको युवाहरु बुझ्दैनन्, तर जे सामाजिक संजालमा देखाइन्छ र बुझाइन्छ त्यही नै सत्यता बुझदछन, तर त्यसको सत्यताको गहिराइ सम्म बुज्न आजकालको युवाहरु खासै चासो गरेको जस्तो लाग्दैन । वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमूल्य निधि एवम् उदयीमान शक्ति मानिन्छ ।

२०१७ साल होस् या २०६२/२०६३ आन्दोलन, यो परिबर्तन गर्ने भनेको नै युवाहरू हुन र उनीहरु स्वभावैले पनि विद्रोही हुन्छन्। । युवाहरूको नशा नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाईरहेको हुन्छ र जहिले पनि उत्साही हुनछन । विश्व सर्बहारा वर्गका महान ब्यतित्व माक्र्स भन्छन युवाहरू नै हो जो जिते संसार छ, हारे सत्यानास, हुन पनि हो । यो यथार्थता बहुसंख्यक श्रमजीवी किसान मजदुरहरुले भरिएको नेपालका श्रमिकका सन्तति युवाहरुको सन्दर्भमा उत्तिकै सान्दर्भिक छ र रहिरहने छ नै ।

युवाहरु जो देशको खम्बा हुन, उनीहरुले समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा समेत ठोस योगदान पुराउछन । विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायाँलाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवं ऐतिहासिक सन्देश बनेको छ ।

समस्या के भने राजनीतिमा समायोजनको कुरो गर्दा अब भोट केमा हाल्ने हाल्ने भन्ने मुख्य कुरो या यो नै बुदा बन्नेछ । यहाँ राजनीतिकै कुरो गर्दा पनि प्रस्ट हुन्छ अब सैदान्तिक पार्टीगत राजनीति या युवाहरुको आफ्नो रोजाई । गाउपालिका होस या नगर अझै भन्दा महानगर नि भनु नेतृत्व र बिकास भनेको ती युवाहरु कै हातमा छ, जसले समाज या देशको बारेमा परिबर्तन गर्ने आवश्यक ठानेको छ । आहिले चलेको शो भनेको “गठबन्धन” हो ।

अचम्म के भने यो कतिको सर्थक रहेनछ भन्ने नै हो । यो भनेको हिजो मार्ने र बचाउने बिचको समायोजन जस्तै हो, हामी पनि बुझ्दै छौ र निर्णय हेर्ने बाकी छ । महानगरको एक्लो योद्धा जस्तै यहाँ धेरै योद्धाहरु छन्, शिर्ष नेतृत्व भनौदाहरुले बुझुन अब परिबर्तन भैसकेको छ, र मङ्सिर ४ मा आमुल परिबर्तन गर्ने छन ।

( लेखक कागेश्वरी मनोहरा नगरपालिका  वडा  नं ६ निवासी हुन।  उनले  राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन  भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )

तपाइँको प्रतिक्रिया ।