गोकर्णेश्वर युवा उपकार क्लबले भिन्तुना मोटरसाइकल र्‍याली गर्ने

गोकर्णेश्वर  युवा उपकार क्लबले भिन्तुना मोटरसाइकल र्‍याली  गर्ने

कपन अनलाइन

काठमाडौँ, कात्तिक ४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्णेश्वर  युवा उपकार क्लबले भिन्तुना  मोटरसाइकल र्‍याली  गर्ने भएको छ।

२०७९ साल कार्तिक ९ गते बुधबार बिहान १०: ४५ बजे  नेपाल संवतका प्रणेता तथा नेपाल राष्ट्रिय बिभुति शंखधर साख्वाको समाज प्रतिको योगदानलाई सम्मान गर्दै नेपाल संवत ११४३  न्यू दया भिन्तुना को उपलक्ष्यमा बिगतमा झैँ यस बर्ष पनि गोकर्णेश्वर युवा उपकार क्लबले क्लब भवन अगाडी रहेको गोकर्णेश्वर महादेव मन्दिर प्रांगण बाट सगुन कार्यक्रम सहित शुभारम्भ  हुने  उक्त भिन्तुना मोटरसाइकल

र्‍याली बालुवा, नयाँपाटी, सुन्दरीजल परिकारम  पुन गोकर्णेश्वर लाक्षीमा समयबजी  (टुच्चा) तथा विविध कार्यक्रम सहित समापन गर्ने गरि भिन्तुना मोटरसाइकल र्‍याली ११४३  कार्यक्रम आयोजना गर्न लागेको क्लबले जनाएको छ  ।

साथै उक्त कार्यक्रमको प्रचार प्रसार सहभागीलाइ स्वागत  गर्न अधिक सहभागीता जनाई आवश्यक सहयोग गर्न समेत क्लबले सबैलाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।