सांस्कृतिक महत्वका संरचनाको संरक्षण गरेका छौ र गर्न प्रतिबद्ध छौ : नारायण सिलवाल

सांस्कृतिक महत्वका संरचनाको संरक्षण गरेका छौ र  गर्न प्रतिबद्ध छौ : नारायण सिलवाल

कपन अनलाइन 

काठमाडौँ, कात्तिक ४

नेकपा  एमालेका  केन्द्रीय समितिका सदस्य तथा काठमाण्डौ क्षेत्र नम्बर ५ को क का प्रदेश सांसदका उम्मेदवार नारायण सिलवालले ऐतिहासिक र सांस्कृतिक महत्वका संरचनाको संरक्षण गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।

क्षेत्रको एक कार्यक्रममा बोल्दै उनले  काठमाण्डौ महानगरपालिकाको वडानं  ४ मा रहेको टुँडालदेवी मन्दिर, पञ्चकुमारी मन्दिर, विन्दवासिनी मन्दिर, चुनदेवी मन्दिर, वंशिधर श्रीकृष्ण मन्दिर लगायतका मन्दिर संरक्षणमा धेरै काम भएको बताएका हुन्  ।

मठ मन्दिरका साथै अन्य भौतिक पूर्वाधार विकासका कामलाई पनि आफूले अगाडि बढाएको बताउदै सिलवालले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने सबैखाले सडक व्यवस्थित बनाउनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै जाने धारणा राखेका छन ।

सिलवालले मंसिरमा हुने निर्वाचनमा एमालेको नीति र एजेण्डा हेरेर मतदान गर्न आग्रह गर्दै  नेपालको संसदीय प्रणालीमा देशका लागि राम्रो काम गर्न सक्ने एमाले जस्तो पार्टीका उम्मेदवारलाई मतदान गर्नुको विकल्प नभएकोको दाबी गरेका थिए  ।

७४ सालको निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा धेरै उल्लेखनीय काम गरेको उल्लेख गर्दै अबको निर्वाचनपछि पनि एमालेले नै सरकार बनाउन सक्ने गरी जनताले मतदान गर्नुपर्ने सिलवालको भनाई छ ।

तपाइँको प्रतिक्रिया ।