विकासका लागि ‘ड्रोन’

विकासका लागि ‘ड्रोन’

(जे.एम.लेगार्ड र स्कट म्याकमिलन)

जिनिभा, २७ जेठ । मानवविहीन हवाई गाडी (युएभी)ले हालका वर्षमा विश्वका जनताको मस्तिष्कमा कल्पना तथा त्रास दुवै भरिदिएको छ । अप्रिलमा अमेरिकी नौसेनाले लोकस्ट (कम लागतको सामूहिक मानवविहीन हवाई गाडी प्रविधि) नामक एउटा प्रयोगजन्य कार्यक्रम घोषणा ग¥यो । अधिकारीहरूले यसको व्यापक, सामूहिक तथा स्वचालित परिचालनका कारण विपक्षीलाई सरल रूपमा पराजित गर्नसकिने र यसले नाविक तथा नौसैनिकलाई निर्णायक रूपमा युद्धकौशलको फाइदा दिनसक्ने बताएका छन् । यस प्रकारको नाम तथा अभियान र ‘ड्रोन युद्धकला’ को विगतको शङ्कास्पद नैतिक विवरणले उड्नसक्ने रोबोटको निरन्तर र व्यापक विस्तारका विषयमा धेरैको मनमा आशङ्का जन्माएको छ भन्दा अनौठो हुदैन ।

drone

यसो भए पनि आकाशमा तल्लो भागमा ड्रोनको औद्योगिक प्रयोग भने कायम रहने देखिन्छ । प्रत्येक दिन ३० लाख मानिस आकासमा उडिरहेका हुन्छन् । हाम्रो पृथ्वीको प्रत्येक ठूला मानव बस्तीलाई अर्कोले हवाई यातायातबाट जोडेको छ । डिजीआई नामक एउटा चिनियाँ युएभी उत्पादकले आफ्नो व्यापार १० अर्ब अमेरिकी डलरमा विस्तार गर्न चाहेको छ । आउँदा वर्षमा मालबाहक ‘ड्रोन’ अझै ठूलो उद्योगमा परिणत हुनेछ । मानव तथा उसको जीवन सञ्चालन प्रणालीको भारबाट प्रभावित नभई यी ‘ड्रोन’ बढी सस्तो र सकेसम्म छिटो तथा सुरक्षित रूपमा उड्न सक्नेछन् ।

धनी मुलुकमा मालबाहक ‘ड्रोन’ प्रति अभिरुचि हाल ग्राहकसम्म पुग्ने आवश्यकता अर्थात् नगरको बाहिरी भागमा सर्वत्र भरिएको भाँडो पु¥याउने कुरामा केन्द्रित छ । त्योभन्दा पनि ठूलो अवसर गरिब मुलुकमा मध्यम दूरीमा यस्ता ‘ड्रोन’को उडान हुनेछ । विश्वका करिब ८० करोड जनताको आपत्कालीन सेवामा सीमिति पहुँच पुगेको छ । उनीहरूलाई जोड्ने बाटो बनाउन पर्याप्त पैसा नहुने भएकाले कल्पना गर्न सकिने भविष्यसम्म पनि यस्तो अवस्थामा परिवर्तन हुने छैन । यी एक्ला बनेका समुदायसम्म मध्यम आकारको भार बोकेर उनीहरूको दूरी कम गर्दा मालबाहक ‘ड्रोन’ ले जीवन जोगाउनसक्छ र रोजगारी सिर्जना गर्न सक्छ ।

विश्व बैंकका अध्यक्ष जिम योङ किमले मालबाहक ड्रोनलाई ढुवानीको विज्ञानका रूपमा लिनुभएको छ । के कुरा ढुवानी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ । हाम्रा सबैभन्दा महत्वपूर्ण समस्याका समाधान हामीलाई पहिले नै थाहा छ । प्रश्न कसरी समाधान गर्ने भन्ने हो ।

यस प्रश्नको उत्तर खोज्न आपत्कालीन मालबाहक ‘ड्रोन’ विकास गर्ने तथा त्यसका लागि विश्वको पहिलो ड्रोनस्थल अफ्रिकामा बनाउने नयाँ प्रयासमा स्वीजरल्यान्डमा केन्द्रीय कार्यालय रहेको एक समूहमा मानवीय क्षेत्रमा कार्यरत व्यक्ति, रोबोटिसिस्ट, आर्किटेक्ट तथा आपूर्तिकर्ताहरू भेला भएका छन् । यस प्रयासको नाम रेड लाइन रहेको छ ।

हेर्दा यो प्राविधिक कल्पना वा कम्तिमा पनि स्रोतको ठूलो दुरूपयोग जस्तो देखिन्छ । जे भए पनि सबैभन्दा सफल विकास संस्थाहरूको अनुभवमा गरिबको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन विकसित प्रविधिको शक्तिमा पनि आशङ्का गर्नुपर्ने देखाएको छ । वास्तवमै प्रशोधन शक्तिको लागत घट्दा नयाँ प्रभावकारिता सिर्जना हुन्छ । विशेष गरी स्मार्टफोन तथा सम्बन्धित आकाशे सञ्चारसम्पर्कमा यस्तो अवस्था देखिएको छ । यसो भए पनि यस्ता चम्किरहने उपकरणको अवधि छोटो देखिएको छ । न्यून लागतको शिक्षक तालिम, सामुदायिक स्वास्थ्य सेवा तथा रोजगारीयुक्त प्रशिक्षण जस्ता गरिबका लागि नतिजा दिने कुरामा कम ध्यान दिइएको देखिएको छ ।

यसैले विकास विशेषज्ञहरू प्रविधिमा मितव्ययी नयाँ खोजलाई मनपराउँछन् । बङ्गलादेशमा केन्द्रीय कार्यालय रहेको विश्वको सबैभन्दा ठूलो विकाससम्बन्धी गैरसरकारी संस्था ब्राकले एउटा कोठाको विद्यालयहरूमा १३ लाख बालबालिकालाई भर्ना गरेको छ र त्यहाँ एउटामात्र ल्यापटप देख्न सकिन्छ ।

त्यसैले मालबाहक ड्रोनप्रति किन आशावादी हुने त ? विकसित प्रविधिको विकासस्थल सिलिकन भ्यालीमा यस्तै कडा तथा बाधा उत्पन्न गराउने प्रश्न उठ्ने गर्छन् । मालबाहक ड्रोनको पक्षमा एउटा छोटो तर्क छ अर्थात् यस्ता ड्रोन बाधादायक भने हुँदैनन् । यस्ता ड्रोनले अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकाका गरिबी तथा रोग व्यापक रहेका, निकै पर अवस्थित र कहिल्यै सडक बन्न नसक्ने क्षेत्रमा विद्यमान वितरण सञ्जाललाई सहयोग गर्न सक्छ ।

मालबाहक ड्रोन स्थानीय व्यक्तिगत वितरण प्रणालीमा विशेष गरी उपयुक्त देखिन्छ । अफ्रिका तथा दक्षिण एसियामा सीमित साक्षरता तथा औपचारिक शिक्षा भए पनि लघु उद्यमीका रूपमा तालिम प्राप्त महिलाले कठिन रूपमा पुग्न सकिने आफ्नो गाउँमा अत्यावश्यक वस्तु तथा सेवा पु¥याएको कम्पनी तथा संस्थाहरूले देखाएका छन् । उदाहरणका रूपमा ब्राकको सामुदायिक स्वास्थ्य कार्यकर्ताहरूले लघु उद्यमशीलताका आधारमा काम गर्छन् र किरा मार्ने औषधि, मलेरियाका औषधि तथा प्रजनननिरोधक सेवाजस्ता आधारभूत वस्तु तथा सेवा बिक्री गरी सानो रूपमा पैसा कमाउँछन् ।

मालबाहक ‘ड्रोन’ले सतहको यातायातलाई कहिल्यै प्रतिस्थापन गर्न नसके पनि आधारभूत वस्तु तथा सेवा जहाँ आवश्यक पर्छ त्यहाँ पु¥याउने कुरा उनीहरूले सुनिश्चित गर्नसक्छन् । ‘ल्यान्डलाइन’को आधारभूत संरचनामा लगानी गर्नुभन्दा पनि मोबाइल फोन सस्तो भएकाले अफ्रिकामा यसको विस्तार भएको छ । अफ्रिकाको सडकका विषयमा यस्तै कुरा भन्न सकिन्छ । मोबाइल फोन जस्तै ड्रोन पनि सबैभन्दा बढी आवश्यकता भएका व्यक्तिका लागि उपयोगी उपकरण हुन सक्छ ।

(जे.एफ.लेगार्ड रेड लाइनका निर्देशक हुनु । उनी दी इकोनोमिस्टका लागि अफ्रिकामा काम गर्ने पूर्व समाचारदाता तथा  हालै ‘सबमर्जेन्स’ शीर्षकमा उपन्यास लेख्नुभएको छ । स्कट म्याकमिलन ब्राकमा वरिष्ठ लेखक हुनुन् ।  रासस

तपाइँको प्रतिक्रिया ।