काठमाण्डौमा नेकपा एमालेका ८ नेता दोश्रो पटक बागमती प्रदेस सभा सदस्य उम्मेदवार …
कपन अनलाइन
काठमाडौं, कात्तिक ३।
मंगसिर ४ गते हुने प्रदेस सभा सदस्यको निर्वाचनमा नेकपा एमाले काठमाण्डौका आठ जना नेताहरु दोश्रो पटक बागमती प्रदेस सभा सदस्यको उम्मेदवार बनेका छन।
काठमाण्डौ जिल्लाका २० प्रदेस सभा सदस्य पद मध्ये ८ जना नेताहरु दोश्रो पटक उम्मेदवार बनेका छन भने १२ उम्मेदवार नयाँ रहेका छन। २०७४ सालको निर्वाचनमा प्रदेस सभा सदस्यमा विजयी भएका मणिराम फुँयाल काठमाण्डौ क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन भने अस्टलक्ष्मी शाक्य,केशव स्थापित ,योगेन्द्र संग्रौला ,अजय क्रान्ति शाक्य लगायतका नेताहरुले नयाँ नेतृत्वलाई अवसर दिदै चुनावी मैदान छाडेका छन।
को को छन दोश्रो पटक चुनावी मैदानमा ?
१. गणेश प्रसाद दुलाल
काठमाण्डौ क्षेत्र नं १ (२ ) मा दोश्रो पटक नेकपा एमालेको उम्मेदवार बनेका गणेश प्रसाद दुलाल २०७४ सालको निर्वाचनमा ४२४२ मत सहित विजयी बनेका थिए। यस निर्वाचन क्षेत्रमा काठमाण्डौ महानगरपालिकाको वडा नं ३१ रहेको छ ।
२.सानु श्रेष्ठ
काठमाण्डौ क्षेत्र नं २ (१ ) मा दोश्रो पटक नेकपा एमालेको उम्मेदवार बनेका सानु श्रेष्ठ २०७४ सालको निर्वाचनमा ८९३६ मत सहित विजयी बनेका थिए। श्रेष्ठ बागमती प्रदेस सभाका निवर्तमान सभामुख समेत हुन् ।
३. रामेश्वर फुँयाल
काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा दोश्रो पटक नेकपा एमालेको उम्मेदवार बनेका रामेश्वर फुँयाल २०७४ सालको निर्वाचनमा १०८८६ मत सहित विजयी बनेका थिए। फुँयाल बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि समेत रहिसकेका छन।
४.दीपक निरौला
काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा दोश्रो पटक नेकपा एमालेको उम्मेदवार बनेका निरौला २०७४ सालको निर्वाचनमा १३८९७ मत सहित विजयी बनेका थिए। निरौला नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष हुन् ।
५.नारायण सिलवाल
काठमाण्डौ क्षेत्र नं ५ (१ ) मा दोश्रो पटक नेकपा एमालेको उम्मेदवार बनेका नारायण सिलवाल २०७४ सालको निर्वाचनमा ७७९० मत सहित विजयी बनेका थिए। सिलवाल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य हुन् ।
६.प्रकास श्रेष्ठ
काठमाण्डौ क्षेत्र नं ७ (२ ) मा दोश्रो पटक नेकपा एमालेको उम्मेदवार बनेका प्रकास श्रेष्ठ २०७४ सालको निर्वाचनमा ६०२२ मत सहित विजयी बनेका थिए। श्रेष्ठ राजनीति संगै सहकारी र समाजसेवामा सक्रिय रहेका छन ।
७.राजेश शाक्य
काठमाण्डौ क्षेत्र नं ८ ( १) मा दोश्रो पटक नेकपा एमालेको उम्मेदवार बनेका राजेश शाक्य २०७४ सालको निर्वाचनमा ७७८० मत सहित विजयी बनेका थिए।शाक्य नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सचिव हुन्।
८.केशव प्रसाद पोखरेल
काठमाण्डौ क्षेत्र नं ९ ( २ ) मा दोश्रो पटक नेकपा एमालेको उम्मेदवार बनेका केशव प्रसाद पोखरेल २०७४ सालको निर्वाचनमा १२१५६ मत सहित विजयी बनेका थिए। पोखरेल काठमाण्डौ क्षेत्र नं ९ का पुराना नेता हुन।
