काठमाण्डौ क्षेत्र नं ५ : कांग्रेस र समाजवादी दुबैको उम्मेद्वारीले गठबन्धनमा अन्यौल

कपन अनलाइन

काठमाडौं असोज ३१।

काठमाण्डौ क्षेत्र नं ५ को प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एकीकृत सामाजवादी दुबैले उम्मेद्वारी दिएपछि गठबन्धनमा अन्यौलता छाएको छ।

पाँच दलीय गठबन्धनले काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुने निर्णय गरे पनि सो प्रदेस क्षेत्रमा अहिले नेपाली कांग्रेसले पनि उम्मेद्वारी दर्ता गरेर चुनावी अभियान शुरु गरिसकेको छ।

काठमाण्डौ क्षेत्र नं ५ (२ ) नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्याम बहादुर खड्काले उम्मेद्वारी दर्ता गरेर चुनावी अभियान सुरु गरिसकेका छन भने नेकपा एकीकृत समाजवादीका बागमती प्रदेस कमिटी सदस्य बालकृष्ण श्रेष्ठ पनि चुनाव प्रचारमा सक्रिय रहेका छन।

गठबन्धनमा रहेका दुई मुख्य पार्टीले आफ्ना आफ्नै उम्मेदवार लिएर निर्वाचनको मैदानमा ओर्लिए संगै काठमाण्डौ क्षेत्र नं ५ मा गठबन्धनको भविस्य अन्यौल बनेको छ भने नेता तथा कार्यकर्ताहरुमा निरासा छाएको टिप्पणी गर्न थालिएको छ।

काठमाण्डौ क्षेत्र नं ५ को प्रतिनिधि सभामा नेकपा एमालेका ईश्वर पोखरेल उम्मेदवार रहेका छन भने नेपाली कांग्रेसले केन्द्रीय सदस्य प्रदिप पौडेललाई उम्मेदवार बनाएको छ।

काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा ,बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा र टोखा नगरपालिकाका ६ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ मा  स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५  का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५०  मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ५  का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३  रहेको छ भने ३  वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५  मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७  मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९  मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।