काठमाडौं क्षेत्र नम्बर-३मा प्रतिनिधि सभाका लागि निरन्जन पुडासैनीले दिए स्वतन्त्र उम्मेदवारी
कपन अनलाइन
काठमाडौँ,असोज २६ । काठमाडौं क्षेत्र नम्बर-३ बाट निरन्जन पुडासैनीले प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन क्षेत्र नम्बर-३ को निर्वाचन कार्यालय बेशिगाउ पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक रामप्रसाद पुडासैनी र समर्थक उद्दव आचार्य रहेका छन् ।
राजनीतिक दलले हरेक समस्या पैदा गर्ने तर विकास र समृद्धिमा ध्यान नदिने भएका कारण आफुले दलभन्दा माथि उठेर देशको सेवा गर्न स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।
पुडासैनीले क्षेत्र नं ३ को पूर्वाधार ,सामाजिक र मानवीय विकासमा राजनीतिक दलबाट निर्वाचित भएका प्रतिनिधिहरुले कुनै पनि काम नगरेको भन्दै समग्र विकासका लागि आफुले स्वतन्त्र उम्मेद्वारी दिएको पनि बताएका छन ।
जनता र जनचासोका मुद्दाहरुलाई संसद र सरोकारवाला हरेक निकायमा कुनै पनि वाद र राजनीतिक दवाव बिना उठाउन अवको समयमा स्वतन्त्र उम्मेदवारको आवश्यकता रहेको भन्दै आफुले स्वतन्त्र उम्मेद्वारीदिएको समेत बताएका छन ।