आगामी बजेट पुनः निर्माण तथा पुनः स्थापनामा केन्द्रित हुनुपर्ने

आगामी बजेट पुनः निर्माण तथा पुनः स्थापनामा केन्द्रित हुनुपर्ने

काठमाडौँ, २६ जेठ । व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘भूकम्प प्रभावित क्षेत्रको पुनःस्थापना र पुनःनिर्माण र आर्थिक उत्थान’ विषयक अन्तक्र्रियामा व्यवसायीहरुले सो कुरामा जोड दिएका हुन् ।
download
अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले भूकम्पले विभिन्न २३ क्षेत्रमा क्षति पुगेको बताउँदै क्षतिग्रस्त स्थानका युवालाई नै विभिन्न तालिम प्रदान गरी पुनःनिर्माण र पुनःस्थापनाको कार्यमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले झण्डै तीन प्रतिशतले आर्थिक वृद्विदर घटेको जानकारी दिँदै अब विदेशमा रहेका जनशक्तिलाई समेत स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

‘भूकम्पले हामीलाई सचेत हुन सिकाएको छ’, उहाँले भन्नुभयो–‘अब नयाँ भौतिक संरचनाको निर्माण गर्दा भूकम्प प्रतिरोधी हुनैपर्ने कुरा समेत हाम्रा योजनामा प्राथमिकतामा पर्नेछन् ।’

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले खर्च नभएको सरकारको रु ९० अर्ब बजेटलाई विकास निर्माणमा र बैंकिङ् क्षेत्रको ७५ अर्ब बजेटलाई उद्योग व्यवसायमा लगाउन सके यसले पर्याप्त रोजगारीको सिर्जना गर्ने बताउनुभयो ।

व्यवसायिक तथा निजी घरलगायतले बिमाको रकम भुक्तानी गर्न नसक्दा व्यवसायीले पुनः आफ्नो व्यवसाय सुरु गर्न नसकेको भन्दै उहाँले बिमा समितिको ध्यानाकर्षण गराउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।