आपराधिक घटनामा संलग्न अभियोगमा पक्राउ

आपराधिक घटनामा संलग्न अभियोगमा पक्राउ

काठमाडौँ, २६ जेठ । अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ खिल्ली पाइलट चुरोटभित्र गाँजा भरी लैजान लागेका अवस्थामा फ्रान्सेली गुइचभ्द जुएमलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरोमा बुझाएको छ ।

आठ वर्षअघि गोली प्रहार घटनामा संलग्न रही फरार काठमाडौँ महानगरपालिका–२ गैह्रीधारा सरस्वती मार्ग बस्ने २९ वर्षीय डेनिस श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

default

विसं २०६४ फागुन ५ गते बिहान ४ बजे कास्की धम्पुस–६ घर भई महानगरपालिका–१५ स्वयम्भू बुद्धपार्क, विनायक मार्ग डेरा गरी बस्दै आएका २८ वर्षीय प्रेमकुमार गुरुङलाई निजकै श्रीमती अनिताको योजनामा गोली प्रहार गरी हत्या गरेको अभियोग लागेका श्रेष्ठलाई प्रहरीे पक्राउ गर्न सफल भएको हो ।

घटनापछि अभियुक्त श्रेष्ठ नेपाल तथा थाइल्यान्डमा समेत लुकीछिपी बस्ने गरेको र जेठ २३ गते थाइल्यान्ड जाने तयारीमा रहेको समेत खुल्न आएको छ ।

यसैगरी डाका मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोक घोरथली–७ बस्ने ३२ वर्षीय जयराम तिमल्सिनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले १२ वर्षपछि आज पक्राउ गरेको छ । विसं २०६० वैशाखमा काठमाडौँ मातातीर्थ, कीर्तिपुरलगायत छ स्थानमा भएका डकैतीमा संलग्न भई फरार तिमल्सिनालाई प्रहरीले जोरपाटीबाट पक्राउ गरी आवश्यक कानुनी करबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

तपाइँको प्रतिक्रिया ।