भगवती युवा क्लब गोकर्णेश्वर ९ द्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता शुरु 

भगवती युवा क्लब गोकर्णेश्वर ९ द्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता शुरु 

कपन अनलाइन

काठमाडौं असोज ८ । गोकर्णेश्वर नगरपालिका वडा नं ९  को आर्थिक सहयोगमा भगवती युवा क्लब द्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता शुरु  भएको छ।   भगवती ब्याडमिन्टन कोर्टमा भएको सो प्रतियोगिताको गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले  खेल सामग्री हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका हुन।

बिजया दशमीको अवसर पारेर शुभकामना आदानप्रदान सहित  आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन सत्रमा वडा सदस्यहरु  गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा, लगायत क्लबका पदाधिकारी, खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

बिजय दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राजिब थापाले आयोजकलाइ धन्यबाद दिदै स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद अपरिहार्य  रहेको  र त्यसैलाई मध्यनजर गर्दै वडाले खेलकुदलाइ प्राथमिकतामा राखेको जानकारी गराए। उनले  बिभिन्न समयमा खेलकुद्को लागि वडाले सहयोग गर्दै आएको पनि जानकारी गराएका थिए। उद्घाटन सत्र  कार्यक्रम भगवती युवा क्लबका अध्यक्ष अस्मिता श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।