अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा नेपाल स्काउटको हेरिटेज साइक्लिङ र पिस वाक

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा हेरिटेज साइक्लिङ र पिस वाक कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल टेलिकमको सहयोगमा भएको कार्यक्रममा काठमाडौं उपत्यकाका विश्व सम्पदा स्थलहरूबाट ७०० भन्दा बढी स्काउटहरूले साइकल र पैदल यात्रा गरेका गरेका थिए ।

काठमाडौं दरबार स्क्वायरमा समापन भएको कार्यक्रममा कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले  स्काउटहरू शान्तिका दूत रहेकोले हरेक दिन असल कामका लागि सानातिना प्रयास गरेर शान्ति प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका थिए।

राष्ट्रिय तदर्थ समिति सदस्य बिजेन्द्र ध्वजु, निर्देशक रामप्रसाद भट्टराई, बागमति प्रदेश संयोजक शिवराम अर्याल सहित  पालिका संयोजकको नेतृत्वमा भएको हेरिटेज साइक्लिङ र पिस वाकमा शान्तिका लागि विभिन्न सन्देसहरु समेत प्रवाह गरिएको थियो  ।

तपाइँको प्रतिक्रिया ।