न्यायपरिषद् सदस्यमा सिटौला नियुक्त
काठमाडौँ, २५ जेठ । राष्ट्रपति डा रामवरण यादवले वरिष्ठ अधिवक्ता
रामप्रसाद सिटौलालाई न्यायपरिषद्को सदस्यमा नियुक्त गर्नुभएको छ ।
नेपालको अन्तरिम संविधान, २०६३ अनुसार प्रधानमन्त्री सुशील कोइरालाले आइतबार गर्नुभएको सिफारिसबमोजिम उहाँलाई परिषद् सदस्यमा मनोनयन गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । गरामनी–२ झापा निवासी सिटौलाले लामो समयदेखि कानुन क्षेत्रमा योगदान पु¥याउनुभएको छ ।
उहाँको पदावधि चार वर्षको हुने छ । परिषद्का दुई सदस्यमध्ये एक सदस्य हाल पूर्ति भएको छ । पाँच सदस्यीय परिषद्मा नेपाल बार एसोसिएनले सिफारिस गर्ने एक सदस्यको पद छ महिनादेखि रिक्त छ । रासस
तपाइँको प्रतिक्रिया ।