राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गरिनन,अब के हुन्छ ?

राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गरिनन,अब के हुन्छ ?

कपन अनलाइन

काठमाण्डौ ,असोज ५ ।

राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

नागरिकता विधेयक दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको आज १५ दिन पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले हिजो  राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने हुन्थ्यो । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति दोस्रोपटक पेस भएको मंगलबार हिजो  १२ बजे १५ दिन नाघेको छ ।

तपाइँको प्रतिक्रिया ।