Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/09/307445424_3248273052161833_1175690505684816169_n-1024x621.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

जगडोलमा तेस्रो चंगा चेट प्रतियोगिता हुने, बिजेतालाइ खसी ,बोका र कुखुरा

कपन अनलाइन

काठमाडौं असोज ५ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि तेस्रो  चंगा चेट ,   फुड फेस्टिवल तथा सांगेतिक कार्यक्रम गरिने  भएको छ  । बिगत दुइ बर्ष कोरोनाको कारण गर्न नसकेको उक्त कार्यक्रम   यस वर्ष निरन्तरता दिदै  पनि बडा दशैको अवसर पारेर असोज १५ गते शनिबार जगडोल झण्डा पार्कमा  चंगा चेट,  फुड फेस्टिवल तथा सांगेतिक कार्यक्रमको साथै शुभकामना आदान प्रदान कार्यक्रम  गर्न लागेको हो । चङ्गा चेट प्रतियोगितामा पहिलो हुनेलाई खसी, दोस्रो हुनेलाई बोका र तेस्रोलाई कुखुरा पुरस्कार दिइने क्बलका अध्यक्ष  संजय पौडेलले कपन अनलाइनलाइ जानकारी गराए ।

 दिउसो १२ बजे देखि शुरु हुने उक्त चंगा चैट प्रतियोगितामा सहभागी हुनको लागि टिकट शुल्क १ हजार कायम गरिएको छ भने   चङ्गा ,लट्टाई र धागो भने प्रतियोगीले नै ल्याउनुपर्ने नियम रहेको जानकारी दिदै अध्यक्ष पौडेलले प्रतियोगीलाइ  नि;शुल्क टिशर्ट प्रदान गरिने  पनि जानकारी गराए ।कार्यक्रमबाट पर्यटकीय स्थलको प्रचार प्रसार हुने र पुरानो सँस्कृतिको जगेर्नामा मद्दत पुग्ने  विश्वास ब्यक्त गर्दै स्थानमा हुने फुड फेस्टिभलमा बिभिन्न परिकारको स्वाद लिदै सांगेतिक कार्यक्रमको मज्जा लिन सकिने पनि  उनले जानकारी गराए ।

चर्चितलोक गायक नवराज घोरासैनी सहित  स्वतन्त्र ब्याण्ड  र स्थानिय कलाकारहरुको  बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले निम्न नम्बर मा सम्पर्क गर्न सकिने समेत आयोजकले जानकारी गराएको छ  ९८४१६५३७६२, ९८४१२०३३७७, ९८६०११७७६८ मा सम्पर्क गर्न सकिनेछ भने यज्ञडोल जगडोल युवा क्लबको कार्यलयमा पनि सम्पर्क गर्न सकिने आयोजकले जानकारी गराएको छ ।यज्ञडोल जगडोल युवा क्लबले बिभिन्न समयमा रचनात्मक सामाजिक  कार्यमा समेत सक्रिय रहदै आएको छ सो क्लबले अन्य संघ संस्थाहरु संगको समन्वयमा जगडोल देखि तारेभिर सम्मको सरसफाई ,सचेतना मुलक संदेशहरु समेत राख्दै आएको  छ ।

तपाइँको प्रतिक्रिया ।