काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका जयराम थापाको सम्भावना बढयो …

कपन अनलाइन

काठमाण्डौ ,असोज ४।

मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट नेकपा एमालेका उम्मेदवारका रुपमा जयराम थापा आउन सक्ने सम्भावना बढेको चर्चाले राजनीतिक माहोल निकै तातेको छ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेका थापाले पछिल्लो समयमा बढाएको सक्रियता र प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका डा. राजन भट्टराई संगको उनको सामिप्यताका कारण उनि उम्मेदवार बन्न सक्ने सम्भावना निकै बढेको आंकलन गर्न थालिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) का आठ वटै वडाका अध्यक्ष तथा पार्टी कमिटीका अध्यक्षहरु संग सघन छलफल गरेर उम्मेद्वारी दावी गरेका थापालाई क्षेत्र नं ४ मा प्रभाव राख्न सक्ने बुद्दिजीवीहरुको पनि साथ र सहयोग रहेको चर्चा व्यापक बनेको छ। अझ कतिपय बुद्दिजीवीहरुले सार्वजनिक रुपमै थापालाई उम्मेदवार बनाउनु पर्ने लबिङ्ग गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

बुढानिलकण्ठ -२ मा रहेको  गणेश मावि, चपली अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षका रुपमा औपचारिक राजनीति सुरु गरेका थापाले  अनेरास्ववियु जिल्ला कमिटी हुँदै केन्द्रिय कमिटीमा रहेर जिम्मेवारी बहन गरेका थिए ।

वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहेका  थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यका रुपमा राजनीतिक योगदान पुर्याएका थिए भने नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यका रुपमा पेशागत योगदान दिएका छन।

२०७१ देखि २०७५ सम्म बुढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्षका रुपमा धार्मिक, साँस्कृतिक, पर्यटकीय विकासमा सक्रिय रहेका थापाले  अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेर  भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी गरिरहेका छन् ।

लिभरपुल इन्टरनेशनल कलेजमा एक दशक भन्दा बढी कार्यकारी निर्देशकका रुपमा शैक्षिक विकासमा सक्रिय  थापा अहिले बुढानीलकण्ठ- २ मा रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।