काठमाडौँ क्षेत्र नं. २ (२ ) मा अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा

काठमाडौँ क्षेत्र नं. २ (२ ) मा अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असोज २।
तेक्वान्दो खेलका प्रशिक्षक  अशोक खड्काले शनिबार प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन  ।
तेक्वान्दोमा अन्तर्राष्ट्रय स्वर्ण पदक विजेता तथा प्रशिक्षक र अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्काले काठमाडौँको थलीमा एक कार्यक्रम गरेर काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्  ।
‘छल्नेलाई भन्दा बदल्नेलाई  खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका खड्काले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा पनि आफू आशावादी रहेको भनाई राखेका थिए  ।
आफू स्पष्ट योजनाका साथ राजनीतिमा आएको भन्दै जनताले चुनावमा मतदान गर्ने विश्वास पनि व्यक्त गर्दै खड्काले ,  ‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु । मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ । त्यसैले तपाईहरुबाट निर्वाचित हुने अपेक्षा राखेको छु  ।
सो कार्यक्रममा विभिन्न खेल क्षेत्रका व्यक्तित्व, रेफ्री, खेलाडी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, टोल समाजका अगुवा लगायतका सयौँ व्यक्तित्वको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।