अखिल ( क्रान्तिकारी ) काठमाडौ जिल्ला समितिको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

अखिल ( क्रान्तिकारी ) काठमाडौ जिल्ला समितिको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

अखिल ( क्रान्तिकारी ) काठमाडौ जिल्ला समितिको आयोजनामा बुढानिलकण्ठ – ११ स्थित झन्डा पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।‘जीवनका लागि ओजोन’ भन्ने मुल नाराका साथ विश्व ओजोन तह बचाउ दिवस -2022 बिबिध कार्यहरु गरेर बिस्वभर मनाइएको थियो ।
जीवनका लागि ओजोन’ भन्ने नाराले हामीलाई पृथ्वीमा जीवनका लागि ओजोन मात्र नभई भावी पुस्ताका लागि ओजोन तहको संरक्षण गरिरहनुपर्छ भन्ने स्मरण गराउँदै  शनिबार सरसफाई कार्यक्रम सन्चालन गरिएको जिल्ला उपाध्यक्ष जनक ढुंगानाले जानकारी दिएका छन  ।उनले  कार्यक्रमलाई निरन्तरता दिन हरेक शनिवार विभिन्न सार्वजनिक स्थलहरु, मठ मन्दिर तथा खोला किनाराहरु मा सरसफाईका कार्यक्रमहरु गरिने पनि जानकारी गराएका छन्  ।
अखिल ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य कम्रेड सुबिन चालिसेको प्रमुख आतिथ्यता रहेको सरसफाई कार्यक्रममा  नेकपा ( माके ) काठमाडौ महानगर का उपाध्यक्ष राजेस लामाले  सरसफाईका सामाग्रीहरु सहयोग गरेका थिए।
कार्यक्रममा काठमाडौ जिल्ला समितीका साथै, बुनपा नगर समिती, गोकर्णेस्वर, टोखा , तारकेस्वर,कागेस्वरी मनोहरा तथा पशुपति कलेजका अध्यक्ष कृष्ण  रिजाल लगायतको उपस्थिती थियो।
तपाइँको प्रतिक्रिया ।