बाल उद्दार मावी बुढानिलकण्ठ-१० मा जागिरको अवसर , नौ कर्मचारी माग

कपन अनलाइन
काठमाडौं, असोज १।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको  नमूना विद्यालय बाल उद्दार मावीले ‘नमूना विद्यालय विकास कार्यक्रम २०७५’ अनुसार शिक्षक तथा कर्मचारीको माग गरेको छ ।

विद्यालयले व्यवस्थापन समितिको निर्णय अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट रितपूर्वक दरखास्त आव्हान गर्न शिक्षक छनोट समितिका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले सार्वजनिक सूचना जारी गरेका छन् ।

नमूना विद्यालय विकास कार्यक्रम २०७५’ अन्तर्गत नमूना विद्यालयको लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान सहयोग जारी रहेको समयसम्म मात्र माग गरिएको शिक्षक तथा कर्मचारीहरुको कार्यकाल रहनेछ ।

विद्यालयले माग गरेको शिक्षक तथा कर्मचारी :

क) लेखा तथा प्रशासन सहायक (पूर्णकालिन) –१ जना
ख) आधारभूत अंग्रेजी शिक्षक (पूर्णकालिन) –१ जना
ग) बाल कक्षा शिक्षक (पूर्णकालिन) –१ जना
घ) सुरक्षा गार्ड (पूर्णकालिन) –१ जना
ङ) सरसफाई तथा आया (पूर्णकालिन) –१ जना
च) संगीत शिक्षक (आंशिक) –१ जना
छ) नृत्य शिक्षक (आंशिक) –१ जना
ज) आई सि टि डिजाईनर (आंशिक) –१ जना
झ) खेलकुद प्रशिक्षक (आंशिक) –१ जना

विद्यालयद्वारा जारी सूचना :

तपाइँको प्रतिक्रिया ।