काठमाण्डौ क्षेत्र नं ३ ( २ )मा नेपाली कांग्रेसका उत्तम खनाल ….

कपन अनलाइन

काठमाडौं, भाद्र ३१  । मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति नजिकिए  संगै काठमाण्डौ क्षेत्र नं ३ ( २ ) मा  प्रदेश सभा निर्वाचनका लागि सिफारिस भएका अधिवक्ता उत्तम खनाल अहिले चुनावी तयारीमा सक्रिय बनेका छन ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य एबम गोकर्णेश्वर नगरपालिकाका कानुनी सल्लाहकारको भूमिका सक्रियता पुर्वक निभाएका अधिवक्ता उत्तम खनाल आसन्न  प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट काठमाण्डौ क्षेत्र नं ३ ( २ ) मा  प्रदेश  सभामा सिफारिस भएका खनाल राजनीति संगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका छन ।

लायन्स  अभियान  मार्फत  सामाजिक तथा मानवीय सेवामा सक्रिय रहदै आएका अधिवक्ता खनालले नगरपालिकाको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्दा कानुन निर्माण र कार्यन्वयनमा प्रभाबशाली भूमिका खेलेका थिए । शालीन मृदुभाषी र आफ्नो काम प्रतिबद्ध खनाल लामो समय देखि राजनीतिक आन्दोलनमा पनि निरन्तर सक्रिय रहेका छन । प्रदेश सभा सदस्यको रुपमा क्षेत्र नं ३ का जनताले जिम्मेवारी दिएमा प्रदेशमा पनि प्रभाबकारी भूमिका निर्वाह गर्ने उनले  बताउदै आएका छन।

  गोकर्णेश्वर नगरपालिका वडा नं ८ निवासी खनाल अग्रजलाइ सम्मान गर्दै  पार्टी नेतृत्वले अवसर प्रदान गरेमा प्रदेश सभामा नीति बिधि र कानुन निर्माणका साथै क्षेत्रको विकासमा पनि अनुकरणीय योगदान दिने बताउदै आएका छन ।

तपाइँको प्रतिक्रिया ।