काठमाण्डौ क्षेत्र नं ३ (१ ) नेपाली कांग्रेसका सभापति श्रीराम चालिसे (राज) ……

कपन अनलाइन
काठमाडौं, भाद्र  ३१।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ (१ ) का सभापति श्रीराम चालिसे (राज) प्रदेस सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा क्षेत्र नं ३ (१ ) मा रहेका काठमाण्डौ महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिकाका वडा नं ५ र ९ मा नेपाली कांग्रेसलाई विजयी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका चालिसेले युवा नेतृत्वको आवस्यकता रहेको भन्दै आफ्नो उम्मेद्वारी दिने तयारी गरेको कपन अनलाइनलाई बताएका छन।

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर जनआन्दोलनमा सक्रिय बनेका चालिसेले २०६२ सालमा नेपाली  क्रियाशील सदस्यता प्राप्त गरेका थिए।

२०७० सालमा नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका वडा नं ६ इकाई समितिको सदस्य हुदै राजनीतिक अभियानमा सक्रिय रहेका चालिसे महेन्द्र बौद्ध माध्यामिक विद्यालयका पुर्व व्यवस्थापन समिती सदस्य समेत रहेका थिए।

अमृत साइन्स कलेजबात आइ एस सी र शंकर देव कलेजबाट बिबिएस गरेका चालिसे २०७८ सालमा नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ (१ ) को सभापतिमा निर्वाचित भएका थिए।

चार वटा निर्वाचनमा बुथ संयोजक र २०७४ सालमा भएको नेपाल तरुण दलको महाधिवेसन प्रतिनिधि समेत रहेका  चालिसे भने राजनीति संगै  विकास निर्माण र सामाजिक गतिविधिमामा पनि सक्रिय रहेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।