Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/09/306865766_459084086274226_3845159842459480386_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा मापदण्ड बिपरितका संरचना हटाउन ७ दिने अल्टिमेटम

कपन अनलाइन

काठमाडौं,भाद्र ३१  । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले मापदण्ड बिपरितका संरचना  हटाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ।  वडा अध्यक्ष जयराम महतले भाद्र २९ गते  जारी गरेको  उक्त  सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ क्षेत्र भित्र आफ्नो घर  टहरा, पसल, कवल र सटर भन्दा बाहिर पाली निकाल्ने फुटपाथमा पसल राख्ने सिडीमा पसल राख्ने र घरको छत बाट पाइप हाली पानी बाटोमा झार्ने र वर्कसप राखी बाटोमा मोटरसाइकल धुने जस्ता कार्यहरु बातावरण प्रतिकुल र मापदण्ड बिपरित हुने भएकाले यस्ता कार्यहरु ७ दिन भित्र खाली गर्न तथा हटाउन अनुरोध गरिएको छ ।

साथै सुचना गरे पश्चात पनि अटेर गरि हटाउने तथा खाली गर्ने कार्य नगरेमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कारवाही तथा जरिवाना गरिने व्यहोरा पनि सम्बन्धित सबैलाई सार्वजनिक सुचना मार्फत  जानकारी गराईएको छ ।

 

तपाइँको प्रतिक्रिया ।