पाकिस्तानी क्रिकेटर उमर गुलको घरमा छापा, गुलका भाई पक्राउ

१७ जेठ, एजेन्सी । पाकिस्तानी क्रिकेटर उमर गुलको घरमा सेनाले छापा मारी उनका भाई र अन्य दूइलाई पक्राउ गरेको छ । आतंकवासीलाई संरक्षण दिएको आरोपमा गुलको घरमा छापा मारेको बताइएको छ । 

सेनाले उमर गुलका भाइ मेराज र अन्य दूइलाई पक्राउ गरि अज्ञात ठाउँमा लगेको बताइएको छ । गुलका काका हाजी देलीलाई संरक्षण दिएको आरोप लगाइएको छ । हाजी पाकिस्तानको आतंकवादी संस्था लश्कर ए इस्लामका सक्रिय सदस्य रहेको जनाइएको छ ।
स्थानीय प्रहरी अधिकारीका अनुसार केही समयअघि हाजी र उनका केही साथीहरुसँग खाइबर आदिवासी क्षेत्रमा केहीबेर झडप भएको थियो । उक्त झडपमा घाइते भएका हाजीलाई गुलका भाई मेराजले आफ्नो घरमा राखेका थिए र एक मेडिकलमा लगेर उपचार गराएका थिए ।
तपाइँको प्रतिक्रिया ।