सरकारलाई सडकबाटै अपदस्त गर्ने फोरम अध्यक्षको चेतावनी

१७जेठ, भक्तपुर । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले राजीनामा दिएर देशलाई निकास दिन बाटो खुल्ला गर्नुपर्ने बताएका छन् । भक्तपुरमा आयोजित अन्तक्रिर्या कार्यक्रमा बोल्दै अध्यक्ष यादवले डा. भट्टराईको सरकारले संविधानसभा भंग भइसकेको अवस्थामा चुनावको घोषणा गर्नु असंवैधानिक र अव्यवहारिक भएको उल्लेख गरे ।

संविधान जारी नहुँदा मुलुक झन् संकटमा परेको भन्दै उनले देशलाई संकटबाट निकास दिन भट्टराई सरकारको राजीनामा एक मात्र विकल्प भएको बताए ।
 उनले अब निर्वाचनमा जानुबाहेक अर्को विकल्प नभएको बताउँदै त्यसको लागि दलहरुबीच सहमतीय चुनावी सरकार गठन गर्नु अनिवार्य रहेको जिकिर गरे ।
एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको दलीय एवं सत्ता साझेदारीको स्वार्थका कारण संविधानसभा सुनियोजितरुपमा भंग गरिएको आरोप लगाउँदै उनले तीन दलकै कारण देश बर्बादीतर्फ धकेलिएको दाबी गरे । रासस
तपाइँको प्रतिक्रिया ।