काठमाडौं  निर्वाचन क्षेत्र नं  २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं  निर्वाचन क्षेत्र नं  २ बाट प्रकाश अधिकारीले स्वतन्त्र  उम्मेदवारी  दिने

कपन अनलाइन

काठमाडौँ, भाद्र २५ । काठमाडौं  निर्वाचन क्षेत्र नं  २ बाट प्रकाश अधिकारीले स्वतन्त्र  उम्मेदवारी  दिने  घोषणा गरेका छन्। अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं २ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरेका हुन्।

कानुन व्यवसायी समेत रहेका उनले आफूमा नयाँ व्यवस्था बारेको भिजन, मिसन र एक्सन रहेको बताएका छन्। मूलधारका राजनीतिक दलमा निराशाजनक कार्यसम्पादन रहेको भन्दै प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उमेदवार बन्ने घोषणा  गरेको उनले बताएका छन्।संसदलगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको अवस्थामा आफ्नो उम्मेदवारीले  वर्तमान संसदीय व्यवस्था भित्रका विकृतीका बारेमा विरोध गर्ने उनको भनाइ छ।राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने उनले जिकिर गरेका छन्। काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको  क्षेत्र हो।

 

 

तपाइँको प्रतिक्रिया ।