काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका महेश्वर फुँयाल सर्वसम्मत,प्रदेसमा को को ?

काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका महेश्वर फुँयाल सर्वसम्मत,प्रदेसमा को को ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं निर्वाचन क्षेत्र-३ बाट नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्य महेश्वर फुयाँल सिफारिस भएका छन्।

फुयाँलको नाम सर्वसहमतिमा सिफारिस  गर्दै  शुक्रबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले  काठमाडौं क्षेत्र नं  ३ (१)  निरज लामा र क्षेत्र नं  ३ (२ ) मा  टिआर नेपालको नाम  सिफारिस गरेको छ।

काठमाण्डौ महानगरपालिकाको एक ,कागेश्वरी मनोहरा नगरपालिकाका तिन र गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ मा ७  वटा वडाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन भने ५  वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन।यस निर्वाचन क्षेत्रमा एक वडा अध्यक्ष स्वतन्त्र रहेका छन।

निर्वाचन आयोगको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका वडा अध्यक्षहरुले कुल १५७९५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले १४८७४ मत प्राप्त गरेका छन। काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमाले भन्दा बलियो देखिएको नेपाली कांग्रेस ९२१ मतले नेकपा एमाले भन्दा अगाडी रहेको छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२,नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल मत १३१४ प्राप्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।