भगवान इन्द्रको पूजाआराधना गरी इन्द्रजात्रा मनाइदै

भगवान इन्द्रको पूजाआराधना गरी इन्द्रजात्रा मनाइदै

कपन अनलाइन

काठमाडौं भद्र २४।  वर्षा र सहकालका देवताका प्रतिकका रुपमा रहेका भगवान इन्द्रको पूजाआराधना गरी आज काठमाडौं उपत्यकामा परम्पराजत इन्द्रजात्रा पर्व मनाइँदै छ ।भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।प्रत्येक वर्ष भाद्रकृष्ण चतुर्दर्शीका दिन हुने  गणेश, भैरव र कुमारीको रथ यात्रा कार्यक्रममा राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्रिगण, विभिन्न मुलुकका राजदूतलगायतको सहभागिता हुनेछ ।इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा दिइएको छ ।

 फाइल फोटो

 

तपाइँको प्रतिक्रिया ।