काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको पदबहाली
कपन अनलाइन
काठमाण्डौ , भाद्र २२ ।
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज बसन्त अधिकारीले पदबहाली गरेका छन । भदौ १६ गतेको मन्त्री स्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशाककीय अधिकृतमा नियुक्त भएका हुन् ।
पदवहाली भएसँगै उहाँले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउए । ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने , ‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’
अधिकारी २०४९ सालमा सहलेखापालबाट सेवा प्रवेश गरेका हुन् । २०५२ सालमा महालेखा परीक्षकको कार्यालय, २०५३ सालमा राष्ट्र बैङ्कको सेवा हुँदै २०५५ सालमा शाखा अधिकृत हुनुभयो । २०६२ सालमा उपसचिव र २०७४ सालमा सहसचिव हुनुभएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको अनुभव हासिल गरेका छन ।
काठमाडौँ महानगरमा आउनुअघि उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।फोटो सौजन्य : मेट्रो न्युज