नयाँ सडकका व्यापारीबाट रु तेइस लाखको राहत

नयाँ सडकका व्यापारीबाट रु तेइस लाखको राहत

काठमाडौँ, २४ जेठ । न्युरोड व्यापार सङ्घ खिचापोखरीले भूकम्प प्रभावित विभिन्न जिल्लामा करिब रु २३ लाखको राहत सामग्री उपलब्ध गराएको छ ।

काठमाडौँका शङ्खरापुर नगरपालिका–४ डाँडाकटेरी, काभ्रेपलान्चोकका नाला र टुकुचा, नुवाकोटका जिलिङ र रातामाटे गाविस तथा सिन्धुपाल्चोकका ठोकर्पा, फुल्पिङकट्टी, भोटेचौरलगायत विभिन्न ग्रामीण भेगका भूकम्पपीडितलाई चामल, कम्बल, त्रिपाललगायत सामग्री सहयोग गरिएको र प्रभावित क्षेत्रका केही गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक औषधिसमेत वितरण गरिएको सङ्घका अध्यक्ष मनोज श्रेष्ठले बताउनुभयो ।
ghost_in-newroad_20120417082215
आगामी दिनमा धादिङ, रसुवालगायत अन्य प्रभावित क्षेत्रका पीडितलाई सहयोग प्रदान गरिने योजना सङ्घको छ । खिचापोखरी तथा त्यसआसपास क्षेत्रमा विभिन्न किसिमका व्यापार सञ्चालन गर्दै आएका व्यवसायीको साझा सङ्गठनका रुपमा क्रियाशील सो संस्थाले सरसफाइ, रक्तदानलगायत विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।