“भरौटे/लाउकेको सामाजिक संजालको प्रस्तुति नेता सम्म पुग्ने मार्ग”
कपन अनलाइन
काठमाडौं भाद्र १० / अमर प्रकाश तिवारी
सामाजिक संजालको एउटा पोस्टमा मुस्किलले बिस बाइस हजार जति नै होलान प्रतिक्रिया दिने तर बास्तबमा त्यो पुष्ट्याउनेलाई सामान्य चिन्नेहरु भने औला गन्ति नै छन् । अब त्यो पुष्ट्याउनेलाई जे जति प्राय प्रतिक्रिया दिनेहरु छन् त्यहा कुनै लेना देना रहदैन, न त कुनै सम्बन्ध नै छ तर त्यहाँ पुष्ट्याउने प्रति को नजिकपना देखाउनेको होड नै चल्छ । त्यहाँ उक्त पुष्ट्याई प्रति बिबिध प्रतिक्रिया दिनुको अर्थ एक मात्र कुरो के भने आफ्नै इष्टमित्र, छरछिमेकलाई आफ्नो परिचय त्यहाँ सम्म रहेको र नजिक सम्बन्ध रहेकाले साबधान रहन आग्रह गरेको हो भन्ने, बुझिन्छ ।
अलि आकर्षक ढंगबाट प्रस्तुति गरिनु, नौलो लुगा लागेको, नया ठाउमा गएको, ठुला महल रेस्टुरेन्टमा बसेर खाएको, ठुलो नेता या कलाकार संग तस्बिर खिचेर पुष्ट्याएको, आदि सामाजिक संजालबाट नै जानकारी गराइन्छ । त्यति मात्र नभएर बिबाह, ब्रतबन्ध, पूजापाठ, मृत्यु सस्कार आदि पनि सामाजिक संजाल बाट सूचना स्वोरुप जानकारी गराइन्छ । दु:ख, खुसि या चाडबाड या आफ्नो सस्कृति पनि सामाजिक संजाल बाट नै प्रस्तुति गरिन्छ ता कि सामान्य हरेकको घरमा के भएको छ सहज सूचना पाउन सकिन्छ । समाचार, सूचना आदिका मुख्य मार्ग नै अहिले समाजिक संजाल हो । सामाजिक संजालको सामान्य स्वरूप नै यहि हो ।
एउटा असामान्य लाग्ने तत्थ के भने कुनै एक असिस्टेन्ट (भरौटे/लाउके कसैको पनि) ले कुनै सामान्य कुरो सामाजिक संजालमा प्रस्तुति गरे लाखौ त्यसका गुलामहरुले (चिन्नु न जान्नु प्रतिक्रिया दिने लाई गुलाम भनिएको) बिना अर्थ प्रतिक्रिया दिन्छन, न त्यसको कुनै प्रभाब न कुनै उपलब्धि । बिनासन्दर्भ या सन्दर्भबस नै भनु कुनै एउटा नेताको भरौटे/लाउकेले सामान्य अंग प्रदर्शन गरेको तस्बिर सामाजिक संजालमा पुष्ट्यायो भने लाखौको प्रतिक्रिया आउछ, न हैसियत, न विचार, न योगदान, मात्र नेताको भरौटे/लाउके भएकै नाताले उर्लेर सामाजिक संजालमा प्रतिक्रिया दिनेहरुको भिड नै हुन्छ ।
एक अध्यानले जनाए अनुसार भरौटे/लाउकेको प्रस्तुतिमा आएको सामाजिक संजालको प्रतिक्रया बास्तबमा त्यो नेता सम्म पुग्ने मार्ग (excess to reach leader) हो भन्ने तथ्य सार्बजनिक भएको छ । अन्तत भरौटे/लाउकेको सामाजिक उचाई बढ्न जान्छ फलस्वरुप उ नेताको अभिन्न अंगको रूपमा परिणत हुन्छ र पछि सल्लाहकार तथा कतिपय ठाउमा निर्णायक नै भैदिन्छ । र अनन्तमा जनमतको कदर घट्दै जान्छ, नेताको आफ्नो परिचयमा क्रमशः ह्रास आउदै जान्छ ।
ठुलो निर्णय गलत हुन जान्छ र राष्ट्रलाई नै घाटा हुन्छ । सामाजिक संजालमा कुनै नेताको भरौटे/लाउकेले गरेको प्रस्तुति प्रति गरिएको यो अध्यान रोचक नै रहेको छ । त्यतिबेला यो गजबको उदहारण थियो कि राजनीतिक अभियानमा सामाजिक सञ्जालको प्रभावले २००३ मा हावर्ड डीनको अन्त्य, र २००८मा डोनाल्ड ट्रम्पको ट्विटले ल्याएको व्हीम । नेतृत्व तहका आफैले सामाजिक संजालको रणनीतिक रूपमा प्रयोग गर्दा, सामाजिक परिबर्तनको सम्भावना देखिन्छ । अहिले फरक छ, पछिल्लो चरणमा नेपालमै पनि हामीले अनुभब या अनुभूति गरेका छौ कि हामीले नै काध थापेर जिताएको नेताले गलत असिस्टेन्ट नियुक्ति गर्दा कतिपय राम्रा निर्णय पनि सफल हुन सकेका छैनन् ।
सामाजिक संजालले मानिसहरूलाई भीड बनाउन र व्यवहारमा प्रभाव पार्न मद्दत गर्दछ । असिस्टेन्टले जम्मा गर्ने भिड उसको पद जोगाउने भन्दा बहायक अरु कम गर्दैन भने सामाजिक संजालको प्रस्तुतिमा लोकले प्रतिक्रिया दिदा उसको पद टिकाउनमा मात्र मद्धत गर्दछ, उक्त अध्यान ले जनाएको छ । पछिल्लो चरणमा भने सामाजिक सञ्जाल प्रयोग गर्न लगाएर अरूलाई प्रभाव पार्ने सहज र सरल प्रकियाको विकास भएको छ । अहिले सामाजिक सञ्जालको प्रयोग काम, शक्ति आर्जन गर्न र समाजमा यसको व्यापक प्रभाव पार्नु नै हो ।
समय संगै बदलिएको प्रबिधि र सस्कारसंग फरक ढंगबाट अंकमाल नगरिए समाजबाट मात्र होइन आफैले बनाएको पहिचान बाट नै बहिस्कृत हुने अबस्था आउछ । समयले ल्यायको यो परिबर्तन र नेताले नियुक्ति गर्ने भरौटे/लाउकेको प्रस्तुतिमा लोक त्यसरीनै गुलाम बन्ने कि अब होसियारी गराउने, नेतृत्वले सामाजिक जनभावना अनुरुप आफ्नो भरौटे/लाउके नियुक्ति गर्ने की भरौटे/लाउके कै सल्लाहमा समाज रुपान्तरण गर्ने, अहिलेको प्रश्न यो छ ?
( लेखक कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ निवासी हुन। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )