काठमाण्डौ क्षेत्र नं ४ छाडेर डा.राजन भट्टराई सिन्धुपाल्चोक जाने हल्ला …..

काठमाण्डौ क्षेत्र नं ४ छाडेर डा.राजन भट्टराई सिन्धुपाल्चोक जाने हल्ला …..

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ९।

मंगसिर ४ गते प्रतिनिधि सभा निर्वाचको मिति घोषणा भए संगै काठमाण्डौ क्षेत्र नं ४ मा राजनीतिक माहोल निकै गर्माएको छ।

नेपाली राजनीतिका दुई चर्चित युवाहरु मैदानमा उत्रिने प्रचुर सम्भावना रहेको काठमाण्डौ क्षेत्र नं ४ मा चुनावी प्रचार प्रसार र अभियानहरु सुरु भएका छन भने त्यसको साथमा एक अर्का प्रति अनर्गल प्रचारको शृंखला पनि सुरु भएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई दोश्रो पटक चुनावी मैदानमा आउने तयारी गरिरहेको क्षेत्र नं ४ मा अहिले सामाजिक संजाल र संचार माध्यमहरु समर्थन,विरोध,आग्रह ,पूर्वाग्रह र चुनावी फण्डाले रंगीचंगी बनेका छन।

हरेक निर्वाचनमा प्रचार प्रसारको केन्द्रमा रहने काठमाण्डौ क्षेत्र नं ४ मा पछिल्लो समय डा .राजन भट्टराई सिन्धुपाल्चोक जाने भनेर अर्को चुनावी फण्डा चर्चामा ल्याइएको भट्टराईका स्वकीय सचिव पुष्प भट्टराईले बताएका छन।

आगामी निर्वाचनलाई लक्षित गरेर सक्रीय पारिएको नेपाली कांग्रेसको पक्षमा र एमालेको विपक्षमा खुलेरै लेख्ने गरेको एक अनलाइन मार्फत अनर्गल प्रचार अभियान चलाइएको बताउदै भट्टराईले सुनियोजित रुपमा साम्प्रदायिक द्वेष उत्पन्न हुने किसिमले सिन्धुपाल्चोक र ओखलढुंगाको विषय चर्चामा आउनु दुखद भएको धारणा राखेका छन।

काठमाण्डौ महानगरपालिकाका वडा नं १,७,८,३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १ ,२,८,९,१०,११,१२ र १३ रहेको काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचन अभियान सुरु गरिसकेका डा.भट्टराईका विरुद्ध अनर्गल प्रचार गरिनु दुखद रहेको बताउदै उनले क्षेत्रमा  निर्वाचन अभियान निरन्तर जारी रहेको जानकारी दिएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।