युरो कप अन्तरविद्यालय बास्केटबल : युरो र सेबलाई सफलता

कपन अनलाइन

काठमाडौं, भदौ १० ।

आयोजक युरो स्कुल र सेबले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले बाबालाई ५७–२१ को फराकिलो अन्तरले पराजित ग¥यो । युरोको जितमा सूर्यान्श खत्रीले १७ अंक योगदान गरे । पवन पराजुलीको ८ अंक सहयोगमा सेबले ड्याफोडिललाई ३५–११ ले हरायो ।

ब्वाइजमै सेन्ट जेभियर्सले विल्सनलाई १७–१६, काठमाडौं वल्र्ड स्कुलले गुहेश्वरीलाई ३१–१९ तथा सेन्ट जोसेफले आलोक विद्याश्रमलाई ४२–८ ले पाखा लगाए । सेन्ट जेभियर्सका शुभम् सैजुले १७, काठमाडौं वल्र्डका सफल थापाले २० तथा सेन्ट जोसेफका प्रसिद्ध थापाले २० स्कोर गरे ।

गल्र्समा दिक्षालयले संस्कृतिमाथि २२–४ को सहज जित दर्ता ग¥यो । विजेताकी पेम्बा शेर्पाले १६ अंक जोडिन् ।

तपाइँको प्रतिक्रिया ।