बुढानिलकण्ठका सामुदायिक विद्यालयहरुमा जनउद्दार मावी उत्कृस्ट बन्यो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ७।

बुढानिलकण्ठ नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयहरुमा जन उद्दार मावी बुढानिलकण्ठ -१३ उत्कृस्ट भएको छ । एसइइ परिक्षा २०७८ को नतिजामा एस इ इ दिएका १० विद्यालय मध्ये जन उद्दार मावी उत्कृस्ट भएको हो।

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौले  सामुदायिक स्कूलको साधारण धार तर्फ प्रकाशन गरेको विवरण अनुसार सो विद्यालय नगरपालिकामा उत्कृस्ट बनेको हो।

सामुदायिक तर्फ  १० वटा मावी र ९ आधारभूत विद्यालय रहेको बुढानिलकण्ठ नगरपालिकामा उत्कृस्ट नतिजा हाशिल गरेको सो विद्यालयले बिदाई तथा शुभकामना  कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुलाई प्रोत्साहन गरेको प्रधानाध्यापक हरेराम खत्रीले जानकारी दिएका छन।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र वडा सदस्य रिना श्रेष्ठ सहित शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।