एउटा वडा मात्र निर्वाचन क्षेत्र रहेको काठमाण्डौ क्षेत्र नं १ (२ ) मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ७।

सरकारले मंगसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन आउन ८६  दिन बाँकी रहेको समयमा अहिले राजनीतिक दलहरुमा उम्मेदवारहरुको बहस निकै तीव्र बनेको छ।

कपन अनलाइनको चुनाव चर्चा शृंखला अन्तर्गत स्थानीय तहको निर्वाचन २०७९ मा वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणामका  आधारमा प्रतिनिधि सभा र प्रदेस सभामा पार्टीको अवस्थाका वारेमा चर्चा गर्ने कर्ममा यहाँ काठमाण्डौ क्षेत्र नं १  ( २  ) को तथ्यांक प्रस्तुत गरिएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ३१ मात्र रहेको   क्षेत्र नं १  ( २  ) मा स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले  बलियो देखिएको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार यस प्रदेस सभा क्षेत्रमा नेकपा एमालेका   वडा अध्यक्ष उम्मेदवारले ४७६७  मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका   वडा अध्यक्ष उम्मेदवारले २९९१  मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा  नेकपा एमाले नेपाली कांग्रेस भन्दा  १७७६ मतले अगाडी रहेको छ।

यस प्रदेस सभा निर्वाचन क्षेत्रमा राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले  ५८५  मत प्राप्त गरेका छन भने  नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६४६ मत प्राप्त गरेका छन।

२०७४ सालको निर्वाचनमा यस प्रदे सभा क्षेत्रबाट नेकपा एमालेका गणेशदत्त दुलाल ४२४२ मत सहित विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुरज चन्द्र लामिछानेले ४२२३ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।