होली एन्जल्स स्कुल प्लस टु  कलेज गोकर्णेश्वर ८ को अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र ६ ।गोकर्णेश्वर  नगरपालिका वडा नं ८ डाँडागाउमा संचालित होली एन्जल्स स्कुल स्कुल प्लस टु  कलेजले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको होली एन्जल्स स्कुल प्लस टु  कलेजको  कक्षा ११मा   व्यवस्थापन  संकायमा भर्ना भएका बिद्यार्थीहरुलाई आज कलेजमा एक कार्यक्रमका बीच अभिमुखीकरण कार्यक्रम गरेको हो ।

होली एन्जल्स स्कुल कलेजका संस्थापक प्रिन्सिपल राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलेजका  संस्थापक  निर्देशक तथा त्रिभुवन विश्व बिध्यालयका उप प्राध्यापक डा. खड्ग नारायण श्रेष्ठ,बिध्यालयका कोर्डिनेटर योगेन्द्र श्रेष्ठ ,अल्माइटी स्कुलका प्रिन्सिपल गणेश खतिवडा लगायत  बिषयगत शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा  २०७८ सालको एस ई ई परिक्षामा उत्तीर्ण भइ कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका बिद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिदैं कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृष्ट  हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा समेत जानकारी गराएको थियो ।अभिमुखिकरण कार्यक्रममा अल्माइटी स्कुलका प्रिन्सिपल गणेश खतिवडा लगायत बिषय शिक्षकहरुले विषयको जानकारी, भविष्यका सम्भावना र शैक्षिक गन्तव्यका विषयमा  जानकारी गराएका थिए ।कार्यक्रममा कलेजका  संस्थापक  निर्देशक तथा त्रिभुवन विश्व बिध्यालयका उप प्राध्यापक डा. खड्ग नारायण श्रेष्ठसमग्र बार्षिक कार्यक्रमको  बारेमा जानकारी दिदै  विद्यार्थीहरुलाई शैक्षिक सिकाई,विषयगत अभ्यास र होली एन्जल्स स्कुल प्लस टु  कलेजमा  अध्ययन गर्दाको फाइदा लगायतको  विषयमा जानकारी गराएका थिए ।

 उनले उच्च शिक्षा हासिल गर्ने सपना बोकेर विद्यालयमा आएका विद्यार्थीहरु अनुशासित भएर पढ्नुपर्ने बताए । विद्यार्थीहरुलाई पढाइमा ध्यान दिन आग्रह गर्दै कलेजले  पढाइको अलवा अतिरिक्त क्रियाकलापलाइ पनि जोड दिने बताएका थिए ।विद्यार्थीहरुले  विषयको महत्व  नबुझी  वा अरुको लहैलहैमा विषय छनौट  गर्न नहुने बताउदै कुनै पनि विषय / संकायमा भर्ना गर्नु पूर्व त्यसमा बारेमा राम्ररी जानकार हुन आवश्यक रहेको बताएका थिए  ।कार्यक्रमलाइ सम्बोधन गर्दै होली एन्जल्स स्कुल कलेजका संस्थापक प्रिन्सिपल राजकुमार श्रेष्ठले नव आगन्तुक बिद्यार्थीहरुलाई कलेजमा स्वागत गर्दै विद्यार्थीहरुले कुनै कुरा नबुझे निर्धक्क सँग शिक्षक शिक्षिका सँग सोध्न अनुरोध गर्दै  कलेजमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिका  भएको जानकारी गराएका थिए।

भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको    कलेजले  गुणस्तरीय शिक्षासँगै संस्कार सहितको सीपमूलक शिक्षालाइ प्राथमिकतामा राखेको  जानकारी गराएका थिए ।उनले मिहेनत गरे असम्भव भन्ने कुरा केही नभएको बताउदै आफ्नो उदेश्य प्राप्तिका लागि आफैले आफैलाई नढाटेर अध्ययनमा लगाव बढाउन पर्नेमा जोड दिएका  थिए ।मानिससँग आफुभित्र अथाह क्षमता हुँदा पनि आत्मविश्वासको कमिले उ असफल भइरहेको हुने चर्चा गर्दै  होलि एन्जल्स स्कुल कलेजले आत्मविश्वास बढाउन  उत्प्रेरकहरु ल्याएर बिभिन्न कार्यक्रम समेत गर्ने बताएका थिए ।कलेजले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार गरिदिने भन्दै सफलताका लागि विद्यार्थीको आफ्नो मेहनत महत्वपूर्ण हुने बताउदै मिहिनेत गरेर अध्ययन गर्न सुझाव दिएका थिए    ।

 

तपाइँको प्रतिक्रिया ।