काठमाण्डौ क्षेत्र नं २ (२ ) मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३।

सरकारले मंगसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन आउन ९० दिन बाँकी रहेको समयमा अहिले राजनीतिक दलहरुमा उम्मेदवारहरुको बहस निकै तीव्र बनेको छ।

कपन अनलाइनको चुनाव चर्चा शृंखला अन्तर्गत स्थानीय तहको निर्वाचन २०७९ मा वडा अध्यक्षहरुको मत परिणामका  आधारमा प्रतिनिधि सभा र प्रदेस सभामा पार्टीको अवस्थाका वारेमा चर्चा गर्ने कर्ममा यहाँ काठमाण्डौ क्षेत्र नं २ (२ ) को तथ्यांक प्रस्तुत गरिएको छ।

शंखरापुर नगरपालिकाका ९ वडा र कागेश्वरी मनोहरा नगरपालिकाका ६ वडा रहेको काठमाण्डौ क्षेत्र नं २ ( २ ) मा स्थानीय तहमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार यस प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ११३३८ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ९८०५ मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेस नेकपा एमाले भन्दा १५३३ मतले अगाडी रहेको छ।

दुई नगरपालिकाका १५ वटा वडा रहेको यस प्रदेस सभा निर्वाचन क्षेत्रमा राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ५२५९ मत प्राप्त गरेका छन भने नेकपा एसका उम्मेदवारहरुले कुल ४२७९ मत प्राप्त गरेका छन।

नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ३०१२ मत प्राप्त गरेको यस प्रदेस सभा निर्वाचन क्षेत्रमा गठबन्धनका कारण कतिपय पार्टीको खास मत देखिएको छैन।

२०७४ सालको प्रदेस सभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका मणिराम फुंयाल १६५७५ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मनहरी खड्काले ८२६८ मत प्राप्त गरेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।