राजधानी : भोलानाथ सुबेदी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन २८।
आँ गर्छ, ट्वा पर्छ
धुलो खान्छ, गन्ध सुघ्छ
अत्तर छर्केर हुलमा जान्छ
सफा छु भन्दै छाती ठोक्छ
मच्छड बनी सबैलाई टोक्छ
कुकुरको भुकाई साढेँको जुधाई
ट्राफिकको सिठी, बुढीको हिहि
अरुको रछ्यान उसैको ओछ्यान
मुख थुन्छ सेनिटाइजर दल्छ
एक्लै बस्छ, ठूला गफ गर्छ
बेलगाम चल्छ, बाढीमा पस्छ
भड्खालोमा पर्छ
आराम छ भन्छ अस्पताल जान्छ
यो राजधानी हो
जे पनि गर्छ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।