“राष्ट्रपति मुजिका र समाजका आर्टिफिसियल इन्टेलिजेन्स”

“राष्ट्रपति मुजिका र समाजका आर्टिफिसियल इन्टेलिजेन्स”

कपन अनलाइन

काठमाण्डौ ,साउन २७ /अमर प्रकाश तिवारी

ठुलै नेतो सँगै बडो सानले सँगै जोडिएको तस्बिर सामाजिक सञ्जालमा हालेर त्यही समाजको उपल्लो दर्जाको परिचय दिँदै थियो । राष्ट्रिय भक्तिका केहि आदर्शका शब्दहरु छरिएको मार्मिक उक्ति सहितको उसको त्यो तस्बिरमा सयौ संख्यामा अतिरंजित टिप्पणीले उसको साच्चै महत्व छ कि भन्ने भान पार्थ्यो । धेरै टिप्पणी उसैका सहपाठी भट्टीगफाड़ी कै थिए यध्यपी, देखिने धेरै संख्याका टिप्पणीले उ झनै उत्साही हुने र सामाजिक व्यक्तित्वको ढाडस स्वरुपको प्रस्तुति देखाउथ्यो ।

बास्तबमा आफ्नै टोलमा हेपिएर झण्डै पहिचान नै गुमाउनु परेको त्यो उसको हिजोको बास्तबिकता अहिले त्यही समाजले बिर्से जस्तो लाग्छ । उसले रक्सी धोकेर पैसो नतिरी लुक्दै हिँड्दा लछार पछर लगाई महिनौ सम्म नधोएको स्टकोटको खल्तीबाट पैसो निकालेको त्यो भट्टी पसलन्नीले भर्खरै जस्तो लाग्छ । तर आज उ सुकिलो मुकिलो भयो, अब उ ठुलो मान्छे भयो, सामाजिक अभियन्ता नै भयो । त्यस्ता भट्टी पसलन्नीलाई तह लगाउने, बहादुर, बलियो बुद्धिजिबी नै भयो ।

कुरो अझै गहिरो छ, यो कुरोको सन्दर्भ अन्तर्राष्ट्रिय तह सम्म पुगेको छ । तत्कालिन समयमा राज्यले आफ्ना नेताहरूका लागि उपलब्ध गराएको विलासी घर त्यागेर राजधानी मोन्टेभिडियोको बाहिरको फोहोर सडकमा आफ्नी श्रीमतीको फार्महाउसमा बस्न रोजेका उरुग्वेका राष्ट्रपति जोस मुजिकाको जिबन अवस्था, झारपातले भरिएको आँगन र बिचमा खनिएको पानीकोको इनार, घरमा धुनु पर्ने धेरै लुगाका डङ्गुर र सोहि घरको ढोकामा तैनाथ गरिएको दुइ जना राष्ट्रिय सुरक्षा गार्डहरुको परिदृश्य, बास्तबमा त्यहाँ देखिने दृश्यले साचै राष्ट्रियता प्रति भक्ति हुने जी कोहीलाई पनि मुटुमा भक्कानो नै उठ्थ्यो ।

राष्ट्रपति मुजिका घोत्लिएर धुनुपर्ने लुगा हेरका हुन् या राष्ट्रिय विषेश मुद्धामा गौण छन्, या अझैँ भन्नु पर्दा गार्डहरुले गरेको सेवाको कदरको मूल्य तिर्ने मार्ग खोतलेको हुन, त्यो त बुझ्नै नसकिएको उनको त्यो क्षण र यहाँ भन्न खोजिएको उपल्लो दर्जाको सामाजिक संजालको प्रस्तुति, हामीकहाँ यहाँ राष्ट्रियता कहाँ चुक्दै छ भनेर दाज्न खोजिए मात्र हो ।

त्यो सामाजिक संजालको नाइके सामाजिक संजालमा जसरी फोटो पुष्ट्याए पनि रास्ट्रपति मुजिकाको राष्ट्रियता संग जोडेर उसको प्रस्तुति संग कुनैपनि दृष्टिकोणबाट दाज्नै मिल्दैन । हेर्दा उस्तै लाग्ने यी राष्ट्रियता, कुनै राष्ट्रभक्त ले सहजै छुटाउन सक्ने नै थियो ।

राष्ट्रपति मुजिकाको वास्तविक त्यो चित्रण र यहाँ सामाजिक सञ्जालमा पुष्ट्याको उसको त्यो तस्बिर कुन चाहि राष्ट्रियता अन्तर्गत पर्दछ भन्नेकुरो हामी जनतालाई थाहा नभएको होइन ? बैचारिकरुपमा राष्ट्रियताको परिभाषा देशप्रतिको माया र त्यसका लागि बलिदान दिने तत्परता मात्र नै हो । तर यहाँ राष्ट्रि निमार्णका ठेक्का लिएका भनाउदाहरु को प्रस्तुति कता कता राष्ट्रि नै सक्ने मार्ग तर्फ उन्मुख भएको भेटिन्छ ।

कुनै मापदण्डले राष्ट्र भक्तिको मूल्यांकन गर्दैन, त्यसको लागि त इतिहाँसनै कुर्नु पर्छ र पनि त्यस्ता नाथे बकंफुसे सामाजिक संजालको प्रस्तितुले राजनीतिक पहिचान बन्ने बलियो आधार भने न्युन छ नै ।

“म सँग जे छ त्यसैमा म राम्रोसँग बाँच्न सक्छु।” यसको मतलब राष्ट्रपति मुजिकाको तलब लगभग यूरो ७७५ प्रति महिनाको रहेछ र यो नै उरुग्वेको औसत आम्दानी रहेछ । यो औसत तलब या कमाइमा मेरो देशको जनताको जिबन चल्छ भने मेरो पनि चल्छ, यो भनाइ संगै कता कता राष्ट्रपति मुजिकाको राष्ट्रियता अतुलनीय छ, भन्ने नै हो, यता हामी, हाम्रो नेपालमा त्यो तहको नेतृत्वको कुरो गर्दाहोस् या त्यस्तै नेता खोज्दा होस्, अलि कति लाजले सिर निहुरिन्छ नै ।

यहाँ त ठुलै नेतो सँगै बडो सानले सँगै जोडिएको तस्बिर सामाजिक सञ्जालमा हालेर राष्ट्रियताको पहिचान गरिन्छ, दुखि गरिब जनतालाई दुइ चार पाकेट चाउचाउ दिएर तस्बिर खिची सामाजिक संजालमा छरिन्छ, २०औँ परिवारलाई जम्मा एक बोरा चामल दिएर सामाजिक संजाल रन्गाउछन्, अनि भनिन्छ, मेरो राष्ट्रियता सामाजिक संजालमा छरिएको छ, हेरेरे कमेन्ट गरन यार, साथी/भाइ/इस्ट मित्रको लागि त्यति पनि गर्दैनौ ? सामाजिक सञ्जालमा प्रस्तुति र समाजिक नेतृत्व अबका दिनमा सहज छन् भन्ने छैन ।

डिजिटल सभ्यतामा धेरै अचम्मका परिबर्तनहरु भएका छन् आजकका अधिकांश मूर्खहरु आफ्नो खल्तीमा एउटा सिंगै पुस्तकालय लिएर हिंडिरहेको हुन्छन । यो खराब कुरा होइन, तर बढ्दो आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिजीबी) हरुले समाजमा भ्रम फैलाई वास्तविक सूचना लुकाउन या हराउन सक्छन, भन्ने नै हो, जसले गर्दा समाजमा वास्तविक हिरोको पहिचान लुक्न गई आर्टिफिसियल इन्टेलिजेन्सको प्रभुत्व रहन सक्छ कि भन्ने त्रास हो ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रभुत्व बढ्दो नै छ, र पनि सच्चा पहिचान बनाउनेको संघर्ष जारीरहेको छ । यहाँ विश्वास गर्नु पर्ने कुरो के हो भने अमेरिकामा डोनाल्ड ट्रम्प र ब्राजिलमा जायर बोल्सोनारो हरुको उदय भनेकै यो समाजमा आर्टिफिसियल इन्टेलिजेन्स बलियो भएको विश्वासिलो आधार हो ।

स्पष्टतः के हो भने विश्वमा यी ट्रम्प या भनु बोल्सोनारोसको उपस्थितिले केहि योगदान पुर्याेएको छ त ? यसको समिक्षा गर्ने जिम्मा त्यही समाजको हो तर बिश्व परिबेसमा पछिल्लो तथ्यांकको अध्यान गर्ने हो भने अमेरिकामा डोनाल्ड ट्रम्प र ब्राजिलमा जायर बोल्सोनारो हरुको उदयले उल्लेखित उपलब्धि नगरेको र यो सब आर्टिफिसियल इन्टेलिजेन्सको करामत रहेको जनाएको छ ठ्याकै हाम्रो नेपालमा उसले ठुलै नेतोसँगै जोडिएको सामाजिक सञ्जाल तस्बिर जस्तै, न लाइक गर्नु, न शेयर गर्नु, न इग्नोर गर्नु ।

तपाइँको प्रतिक्रिया ।