“३६४ दिन कांग्रेस हुने चुनावको दिन बिक्नेलाई प्रदेस सांसदको रहर”

“३६४ दिन कांग्रेस हुने चुनावको दिन बिक्नेलाई प्रदेस सांसदको रहर”

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का नेता डोर प्रसाद आचार्यले “३६४ दिन कांग्रेस हुने चुनावको दिन बिक्नेलाई प्रदेस सांसदको रहर” भन्दै आफ्नै स्थानीय नेताहरुलाई कटाक्ष गरेका छन।

बुढानिलकण्ठ नगरपालिकामा भएको नेपाली कांग्रेसको लजास्पद हार तर्फ संकेत गर्दै आचार्यले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन ,”स्थानीय चुनावमा आफ्ना पार्टीका उम्मेदवारको रुख चिन्ह बिर्सेने, सुर्यमा भोट हाल्ने।”

स्थानीय तहको निर्वाचनमा २०७९ मा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर पराजित भएका आचार्यले लोभिपापी कांग्रेसी भनौदाहरुको कर्तुतह जनताले भुलेका छैनन  भन्दै प्रदेस सांसदको दौडमा रहेका नेताहरु प्रति आक्रोस व्यक्त गरेका छन।

स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडा अध्यक्षहरु गुमाएको नेपाली कांग्रेसका धेरै नेताहरु प्रदेस सभा सदस्यको उम्मेदवार बन्ने दौडमा रहेपनि गठबन्धनको बहसले एकाद बाहेक कसैले पनि सार्वजनिक रुपमा दावी गरेका छैनन।

आचार्यले सामाजिक संजालमा राखेको सामाग्री :

 

तपाइँको प्रतिक्रिया ।