सुरक्षा लुब्रिकेन्टको डिलर मिट सम्पन्न, उत्कृष्ट डिलर पुरस्कृत

सुरक्षा लुब्रिकेन्टको डिलर मिट सम्पन्न, उत्कृष्ट डिलर पुरस्कृत

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

‘सुरक्षा लुब्रिकेन्ट’ को डिलर मिट सम्पन्न भएको छ । सो कार्यक्रममा  मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका डिलरहरुको सहभागिता रहेको थियो ।

पूर्वाञ्चल ल्युव आयल प्रालिका प्रबन्ध निर्देशक भोलेश्वर दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न सो डिलर मिटको विशेष अतिथि नाडाका पूर्व अध्यक्ष एवं पूर्वाञ्चल ल्युव आयलका निर्देशक कृष्णप्रसाद दुलाल रहेका  थिए ।

सुरक्षा लुब्रिकेन्ट प्रालिका प्रबन्ध निर्देशक जयराज भण्डारीको अध्यक्षतामा  सञ्चालित सो कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को उत्कृष्ट डिलरको रुपमा धादिङको गल्छीस्थित न्यु आरबी मेसिनरी बिक्री केन्द्रका प्रोपाइटर रवी पौडेलले ‘‘बेस्ट पर्फमेन्स अफ द इयर’ अवार्ड प्राप्त गरे । त्यसैगरी सुरक्षा लुब्रिकेन्टका मार्केटिङ म्यानेजर उज्वल भण्डारी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएका थिए  ।

सो कार्यक्रममा सुरक्षा लुब्रिकेन्ट प्रालिका कार्यकारी निर्देशक फुर्पा लामा तामाङले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने मार्केटिङ म्यानेजर अनोज भण्डारीले आगामी दिनमा सुरक्षा लुब्रिकेन्टलाई कसरी अझै ग्राहकसम्म पुर्याउने  र यसको गुणस्तरीयता वारेमा जानकारी प्रदान गर्ने भन्ने वारेमा छलफल गरिएको  बताएका थिए  ।

पूर्वाञ्चल ल्युब आयलद्वारा नेपालमै उत्पादित सुरक्षा लुब्रिकेन्टले सबै रेन्जका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । विशेष गरी हेभी तथा कमर्सियल भेइकल र टु ह्विलर लुब्रिकेन्ट बजारमा सुरक्षा लुब्रिकेन्टको उपस्थिति बढ्दै गएको कम्पनीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।