ओखलढुंगाको प्रदेश क्षेत्र नं २ मा उम्मेदवारी दावी गर्ने तिर्थ सुबेदीको तयारी….

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

नेकपा एमाले प्रदेश -१ कमिटीका सदस्य तिर्थ सुबेदीले ओखलढुंगा जिल्लाको प्रदेश क्षेत्र नं २ मा उम्मेदवारी दावी गर्ने तयारी गरेका छन।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पुर्व सचिव रहेका सुबेदीले मङ्सिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा उम्मेद्वरी दावी गर्नका लागि अहिले आन्तरिक परामर्श र छलफललाई निकै तिव्रता दिएका छन।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष शंकर कट्वालले सामाजिक संजाल मार्फत उम्मेदवारी दावी र प्रचार नगर्न उर्दी जारी गरे पनि जिल्लाका नेताहरुले भने ब्यक्तिगत र समुहगत छलफललाई निकै तिव्र बनाएको अवस्थामा सुबेदीको सक्रियताले जिल्लाको राजनीतिमा निकै ठुलो तरंग पैदा गरेको एक जिल्ला सदस्यले बताएका छन।

तत्कालिन प्ररायु संघको जिल्ला अध्यक्ष र दुई कार्यकाल ओखलढुंगा काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष रहिसकेका सुबेदीले उम्मेद्वारी दावी गर्ने संकेत गरे संगै तरंगित बनेको ओखलढुंगा एमालेको राजनीतिमा अन्य सम्भावित दावेदारहरुको चलखेल निकै रोचक बनेको तिन जिल्ला सदस्यले बताए।

लामो समय कानुनी सेवामा योगदान पुर्याएका सुबेदी संगै दर्जन भन्दा बढी एमाले नेताहरुले ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं २ मा दावी गर्ने संकेत देखाएका छन्।

तपाइँको प्रतिक्रिया ।