काठमाण्डौ क्षेत्र नं ४ (२) का कांग्रेस नेताहरु निरास….

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

सरकारले मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरे संगै काठमाडौं क्षेत्र नं ४ (२) को राजनीतिक माहोल निकै तातेको छ।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाडौं क्षेत्र -४ (२) मा विभिन्न राजनीतिक दलका नेताहरुले खुल्ला तथा आन्तरिक परामर्श र बहसलाई निकै तिव्रता दिएका छन।

यस प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका सम्भावित दावेदारहरु अहिले नेताहरुको घर दैलोमा धाउने क्रम निकै तिव्र बनाएका छन भने नेकपा एसका नेताले पनि तयारी अगाडि बढाएका छन।

तर यस क्षेत्रमा नेपाली काङ्ग्रेसका स्थानीय नेताहरु भने निकै निरास देखिएका छन। अन्य समयमा निर्वाचन घोषणा हुँदा सामाजिक संजाल र संचार माध्यममा छाउने नेपाली काङ्ग्रेसका स्थानीय नेताहरु काठमाडौं क्षेत्र नं ४ मा गठबन्धनको चर्चाले संगै मौन देखिएका छन।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाका वडाहरुमा गठबंधन हुन नदिन दिलोज्यान लगाएर लागेका केही नेताहरु अहिले निकै हतास र उदास बनेको बताउदै एक क्षेत्रीय सदस्य गठबन्धन  तोडेर उम्मेदवार बन्ने ती नेताहरुको सपनामा तुषारापात हुने संभावना देखिएको धारणा राखेका छन।

कुल ४० जना जनप्रतिनिधि मध्ये २८ जना निर्वाचित भएका नेकपा एमालेका ८ वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ। त्यस्तै २०७४ सालको निर्वाचनमा रहेको सुन्य शंख्यामा सुधार गरेर १२ जना जनप्रतिनिधि निर्वाचित गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारहरुले ८,६८० मत प्राप्त गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडाको अध्यक्ष जितेको नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षहरुले प्राप्त  गरेको मतमा नेकपा एमालेले २,७३५ मत बढी प्राप्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।