केब्स कलेज बौद्ध टुसालले कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत एबम अभिमुखीकरण कार्यक्रम गर्ने

केब्स कलेज बौद्ध टुसालले कक्षा ११ का बिद्यार्थीहरुलाई  स्वागत एबम अभिमुखीकरण कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं, साउन २५ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टुसालमा संचालित कुमारी इंगलिस बोर्डिंग स्कुल (केब्स) प्लस टु कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत  तथा  अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।केब्स प्लस टु कलेजले कक्षा ११मा हाल विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषय पढाउदै आएको छ  ।

एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श प्रदान गर्दै आएको केब्स कलेजले भाद्र २ गते  बिहिबार जोरपाटी स्थित पिस ब्यान्केटमा बिहान १० बजे देखि  अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको केब्स कलेजका प्रिन्सिपल सुरेश भट्टराईले जानकारी गराए ।

उनका अनुसार उक्त कार्यक्रममा कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर उत्कृष्ट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी गराउनुको साथै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत समेत गरिने जानकारी गराए । सबैखाले शैक्षिक पुर्वाधार सम्पन्न रहेको केब्स  कलेजमा दक्ष तथा अनुभवि प्राध्यापकहरुबाट पठनपाठन हुने जानकारी दिदै अतिरिक्त क्रियाकलापको साथै विद्याथीहरुको शैक्षिक विकासमा कलेज सधै लागि पर्ने प्रतिवद्धता जनाउदै  उक्त कार्यक्रममा  सहभागी हुन समेत उनले अनुरोध गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।