जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुग्दै भक्तजन

जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुग्दै भक्तजन

कपन अनलाइन 

काठमाडौं साउन २५ । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन पुग्ने  क्रम जारी छ । नागपञ्चमीबाटै सुरु भएको धार्मिकयात्रा अन्तर्गत २३ गते पुत्रदा एकादशीसम्म करिब २ हजार भक्तजनले गोसाइँकुण्डको दर्शन गरिसकेको र जनैपूर्णिमाका लागि भक्तजन आउने क्रम जारी रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिले  लौरीको नाममा वनस्पति नकाट्न, फोहरमैला जथाभावी नफ्याँक्न र चन्दनबारी तथा चोलाङपाटीको रेडपाण्डा बासस्थान क्षेत्रमा होहल्ला नगर्न यात्रुसमक्ष अनुरोध गरेको  छ । गोसाइँकुण्ड स्नानका लागि  बुधबार र भोलि बिहीबारसम्म १० हजारभन्दा बढी भक्तजन रसुवा प्रवेश गर्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले अनुमान गरेको छ ।

गोसाइँकुण्ड तीर्थको स्नानका लागि रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी, चितवान, कास्की, मकवानपुर, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, छिमेकी जिल्ला धादिङ, नुवाकोट जिल्लाबाट भक्तजनको आगमन भएको बताइएको छ ।

फोटो : सानु श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।