प्रतिनिधि सभा निर्वाचन २०७४ : कस्तो थियो काठमाण्डौ क्षेत्र नं ३ मा मत परिणाम ?

प्रतिनिधि सभा निर्वाचन २०७४ : कस्तो थियो काठमाण्डौ क्षेत्र नं ३ मा मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

सरकारले २०७९ मंगसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनको मिति घोषणा गरेको छ।

कपन अनलाइनको चुनाव चर्चा शृंखलामा २०७४ सालको प्रतिनिधी सभा र प्रदेस सभा निर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरुले प्राप्त गरेको मत विवरण प्रस्तुत गर्दै आएका छौ।

काठमाण्डौ क्षेत्र नं ५ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण राई  विजयी बनेका थिए भने नेपाली कांग्रेसकी अम्बिका बस्नेत  निकटतम प्रतिद्वन्दी रहेका थिइन् ।

निर्वाचन आयोगको मतपरिणाम अनुसार सो निर्वाचनमाराईले १९,१७९ मत प्राप्त गरेका थिए भने बस्नेतले १४,८८४  मत प्राप्त गरेका थिए। त्यस्तै सो निर्वाचनमा विवेकशील साझा पार्टीकी सुमित्रा सिंह लामाले २२०५ मत प्राप्त गरेकी थिइन्  भने नेकपा मालेका  राजकुमार बिस्टले ४०८  मत प्राप्त गरेका थिए।

तिन स्थानीय तहका १३  वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ मा ७  वटा वडाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन भने ५  वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन।

निर्वाचन आयोगको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका वडा अध्यक्षहरुले कुल १५,७९५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले १४,८७४ मत प्राप्त गरेका छन। काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा एमाले भन्दा बलियो देखिएको नेपाली कांग्रेस ९२१ मतले नेकपा एमाले भन्दा अगाडी रहेको छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले १७६२,नेकपा एकीकृत समाजवादीले १०२४ र राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल मत १३१४ प्राप्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।