शनिबार यज्ञमति मावि बुढानिलकण्ठ-११ मा रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

विभिन्न संघसंस्थाको आयोजनामा शनिबार काठमाडौंको कपनमा रक्तदान कार्यक्रम हुने भएको छ ।

कपनको पैयाँटार स्थित श्री यज्ञमति माविमा यही साउन २८ गते शनिबार बिहान १० बजे रक्तदान कार्यक्रम गर्न लागिएको नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिका सहसचिव कुमार खड्काले जानकारी दिए ।

लायन्स क्लब अफ काठमाडौं कपन, पैयाँटार युवा क्लब र कपन चुनदेवी साकोसको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको खड्काले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।