काठमाण्डौ क्षेत्र नं ५ मा को बलियो ?

काठमाण्डौ क्षेत्र नं ५ मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,साउन १८

प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको मिति घोषणा हुने चर्चा चलिरहेको समयमा अहिले राजनीतिक जोड घटाउ सुरु भएको छ। काठमाण्डौ क्षेत्र नं  ५  मा पनि अहिले स्थानीय तहको मत परिणाम पछी राजनीतिक जोड घटाउ र आंकलनहरु सुरु भएका छन।

काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा ,बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा र टोखा नगरपालिकाका ६ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ मा  स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५  का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५०  मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ५  का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३  रहेको छ भने ३  वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५  मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७  मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९  मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।