कागेश्वरीमा मनोहरा जेसिज द्वारा मन्दिर सरसफाई

कागेश्वरीमा मनोहरा जेसिज द्वारा  मन्दिर सरसफाई

कपन अनलाइन

काठमाडौँ, साउन १८ । जेसिज सप्ताह २०२२ अन्तर्गत कागेश्वरीमा मनोहरा जेसिज  मन्दिर सरसफाई गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका ब्रम्हखेलमा रहेको  सोमलिङेश्वर महादेब मन्दिर परिसर सरसफाई गरिएको मनोहरा जेसिजका अध्यक्ष दिनेश अर्यालले जानकारी गराए ।

नेतृत्व र व्यक्तित्व विकासमा सहयोग  पुर्याउदै आएको सो  संस्थाले  सरसफाई प्रति सचेतनामुलक कार्यक्रम सहित मन्दिर क्षेत्र सरसफाई गरेको हो उक्त कार्यक्रम मार्फत मन्दिर परिसरमा सरसफाई र हरियाली वातावरण बनाउन   रोपिएका बिरुवा समेत गोडमेल गरेको समेत अध्यक्ष अर्यालले जानकारी गराए । मनोहरा जेसिजले युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा उल्लेखनीय भुमीका निर्वाह गर्नुका साथै सामाजिक सेवाका कामहरुमा  पनि उदाहरणीय काम गर्दै आएको छ ।

 

तपाइँको प्रतिक्रिया ।