मनास्लु वर्ल्ड कलेज चुच्चेपाटीमा खेलकुद बिज्ञानको पढाई सुरु

कपन अनलाइन

काठमाण्डौ ,साइन १८।

मनास्लु वर्ल्ड कलेज  चुच्चेपाटीमा खेलकुद बिज्ञानको पढाई सुरु भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको सो कलेजमा कक्षा ११ र १२ मा खेलकुद बिज्ञान विषय पठन पाठन सुरु गरिएको हो।

“राष्ट्रका लागी खेलकुद, स्वाश्थ्यका लागी खेलकुद” भन्ने नेपाल सरकारकाे मुल नारालाईसाथ दिदै यस शैक्षिक शत्र देखी प्लस टु  तहमा खेलकुद  विज्ञान (Sports Science)  विषयलालाई  समावेस  गरिएकाे कलेजका प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन   ।

राष्ट्रकाे पहिचान र समग्र विकासका लागी विध्यालयमा आधारित खेलकुदका कृयाकलापहरू आयोजना र संचालन गर्न आवश्यक पर्ने  व्यवस्थापकिय पक्षहरू संग विध्यार्थीहरूलाइ परिचित गराउने उदेस्यले  सो  पाठ्यक्रम अध्यापन सुरु गरेको बताउदै श्रेष्ठले थप जीवन उपयोगी विषयहरुको पठन पाठन गर्ने योजना रहेको जानकारी दिएका छन        ।

तपाइँको प्रतिक्रिया ।