कागेश्वरी मनोहरा -५ गजरकोट-मुलपानी-पेप्सिकोला सडकमा स्थानीयहरुले धान रोपे

कागेश्वरी मनोहरा -५ गजरकोट-मुलपानी-पेप्सिकोला सडकमा स्थानीयहरुले धान रोपे

कपन अनलाइन

काठमाण्डौ ,साइन १८।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं  ५ गजरकोट-मुलपानी-पेप्सिकोला सडकमा स्थानीयहरुले धान रोपेका छन। लामो समय देखि हिलाम्य बनेको सडक निर्माणमा ढिलाई भएको भन्दै साउन १७ गते करिव ४ बजेको समयमा स्थानीयहरुले सडकमा धान रोपेर विरोध जनाएका हुन्।

सो सडक खण्ड निर्माणमा ढिलाई हुँदा यातायात ,व्यवसाय र वातावरणमा अशर परेको भन्दै तत्काल निर्माणका लागि दवाव स्वरूप धान रोपेर सांकेतिक विरोध गरिएको एक स्थानीयले जानकारी दिएका छन।

सो सडक खण्डको बाटो पूर्ण रुपमा बन्द गर्दै विरोधमा उत्रिएका स्थानीयहरुले यथासिघ्र सडक निर्माण नभए थप आन्दोलन र प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।