वृक्षारोपण र अभिभावकत्व ग्रहण गर्दै गोकर्णेश्वर ३ का वडा सदस्य सचिन लामाले जन्मदिन मनाए

वृक्षारोपण र अभिभावकत्व ग्रहण गर्दै गोकर्णेश्वर ३ का वडा सदस्य सचिन लामाले जन्मदिन मनाए

कपन अनलाइन

काठमाडौं साउन १७। गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य सचिन लामा ले अभिभावकत्व ग्रहण गर्दै आफ्नो जन्म दिन मनाएका छन। वडा सदस्य लामाले गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा रहेको सामुदायिक बिध्यालय श्री तारेभिर आधारभूत बिद्यालयमा कक्षा ३ मा अध्ययनरत जेहेन्दार छात्रा समिरा तामाङको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च पोसाक, तथा आवश्यक शैक्षिक सामग्री  उक्त  बिध्यालयमा अधययन अवधी भरको  समयको बेहोर्ने गरि अभिभावकत्व ग्रहण गरेका हुन।

वडा सदस्य सचिन लामाले  सोहि बिध्यालयमा अध्ययन गरेका थिए साथै उनले आफ्नो जन्मदिनको अवसर पारेर वृक्षारोपण समेत गरेका छन।ठुलो रकम खर्च गरेर जन्मदिन मनाउनुभन्दा यस्तै आवश्यक ब्यक्तिहरुलाइ सहयोग गरेर  जन्मदिन मनाउन  पाउदा खुसि लाग्ने  वडा सदस्य लामा बताउछन। फजुल खर्चलाइ सही ठाउमा व्यवस्थापन गर्नु पर्छ भन्ने मान्यता आफुमा रहेको बताउदै सबैले आफ्नो जन्मदिन तथा अन्य उत्सबको अवसरमा केहि खर्च कटौती गरेर भए पनि   समाजमा फरक काम गरिरहेकाहरुलाई प्रोत्साहन स्वरुप सक्दो सेवा र सहयोग गर्नपर्नेमा जोड दिएका छन   ।

उनले वडा भित्रका अन्य सामुदायिक बिद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ आवश्यकता अनुसार   सहयोग गर्दै जाने बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।